८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मेलवर्न डर्बीमा सन्दीपले लिए महत्वपूर्ण २ विकेट



काठमाडौं ।
अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत अन्तर्गत मेलवर्न डर्बीमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिएका छन्।
मेलवर्न स्टार्सका बलर सन्दीपले मेलवर्न रेनेगेड्सविरुद्ध शुक्रबार २ विकेट लिएका हुन्।
सन्दीपले जारी लिगमा ७ खेल खेल्दा ८ विकेट लिएका छन्। उनले पाँच खेलमा विकेट लिँदा २ खेलमा विकेट लिन सकेका छैनन्।
सन्दीपले शुक्रबार रेनेगेड्सका लागि सबैभन्दा बढी रन बनाएका साउन मार्सलाई ६३ रनमा क्याच आउट गरे।
यस्तै बेउ वेभस्टरलाई सन्दीपले २५ रनमा आउट गरे।
सन्दीपले चार ओभर बलिङ गर्दा ३९ रन खर्चिए। उनले १० बल डट फ्याँक्दा ३ चौका र २ छक्का दिए।
सन्दीप बाहेक स्टार्सका लागि काउटलर निलले पनि २ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले १६८ रन जोडेको छ। अहिले स्टार्सले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  ४ : २७ बजे