१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

प्रधानमन्त्री अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अस्वस्थताका कारणले नेकपाको सचिवालय बैठक स्थगित भएको हो। पार्टी एकताको प्रक्रियाबारे छलफल गर्नको लागि डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले शनिबार डायलासिस गराएकाले चिकित्सको सल्लाहअनुसार आरामको लागि बैठक स्थगन गरेको उनले बताए।

आइतबार डाकिएको सचिवालय बैठकको एजेण्डाको विषयमा प्रधानमन्त्री ओलीले शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। तर, आजको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको कारणले बस्न सकेन। पार्टी एकतापछि २१ महिनापछि बसेको केन्द्रीय कमिटीको बैठकले १५ दिनभित्रमा पार्टी एकताको बाँकी प्रक्रिया पूरा गर्ने निर्णय गरेको थियो। सोही विषयमा छलफल गर्नको लागि सचिवालय बैठक डाकिएको थियो।

प्रकाशित मिति : २६ माघ २०७६ आइतबार ००:००  २ : ०४ बजे