१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

आउँदो सिजनको च्याम्पियन्स लिगमा छनोट हुने लिभरपुल पहिलो टोली



एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा यो सिजनको नकआउट चरण सुरु भएको छैन, तर साबिक विजेता लिभरपुलले आउँदो सिजनका लागि स्थान पक्का गरेको छ ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्न नसकेपछि प्रिमियर लिगको लिडर लिभरपुल शीर्ष चारमा रहने पक्का भएको हो ।जर्गेन क्लोपको टिम लिभरपुल पाँचौँ स्थानको टोटनह्याम भन्दा ३६ अंकले अघि रहेको छ । प्रिमियर लिगमा १२ खेल बाँकी छन् लिरभपुलका ।आउँदो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने लिभरपुल पहिलो टिम हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  ८ : १५ बजे