७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

आहा रारा गोल्ड कपको विजेताले १० लाख पाउने



कास्की । १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेर १० लाख पुर्‍याइएको छ ।सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पुरस्कार वृद्धि गरिएको जानकारी दिएको हो ।गएका वर्ष ८ लाख १ हजार प्रदान गरिएकोमा यो वर्ष २ लाख बढाएर १० लाख १ हजारको साथमा शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने क्लबकाअध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उपविजेताले ५ लाख १ हजार साथमा शिल्ड,पदक र प्रमाणपत्र पाउनेछन्।

फागुनको २२ गतेदेखि चैतको १ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा ’ए’ डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा साविक विजेता थ्री स्टार र ’ए’ डिभिजनका उपविजेता त्रिभुवनआर्मीसहितमनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वा‍इज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्नेछन् ।यस्तै झापा ११, भारतको ग्याङ्टक सिटी फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्नेछन् ।
हिमश्री फुड्स प्रा। लि। को उत्पादनआहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा बचत हुनआएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जनाबालकहरु आश्रित छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  १ : ५३ बजे