१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘लेवी बोडी देमेन्सिआ’ बिरामी परिवार र स्वास्थ्यकर्मीलाई एक जानकारी



डा. कृष्ण प्रसाद पाठक ।

परिचय
बुढेउली अवस्थासंगै आउने समस्याहरु मध्ये देमेन्सिआका बिभिन्न प्रकारहरुमा अल्ज्हेइमेर्सको बारेमा अहिले जताततै कुराकानी गरेको र बिभिन्न संचारका माध्यमबाट जनचेतना फैलिदै गएको छ जुन अती राम्रो हो । तर, त्यो देमेन्सिआका बिभिन्न प्रकार मध्ये लेवी बोडी देमेन्सिआ पनि एक जटिल प्रकारको समस्या हो जुन स्वास्थ्यकर्मीको बिज्ञ टोली पनि यसको निदानको प्रकृयामा सफल हुन सकेको देखिदैन । जसबाट गलत निदान हुनेको सम्भाबना बढेर गयो त्यसैले यो मिक्सटाईपको देमेन्सिआ के कसरी चिन्ने, र हालसम्म भए गरेका क्लीनिकल अभ्यास के के छन यसबारेमा जानकारी दिने उद्देश्यका साथ यो लेख तयार पारिएको छ ।
नेपालमा यो रोग सम्बन्धी विज्ञको संख्या शुन्य प्रायः भएकोले पनि यो लेखले बिरामी, परिवार र स्वास्थ्यकर्मीलाई एक गाईड-लाईन र जानकारी दिन सक्ने अपेक्षा गरिएको छ । थप जानकारीको लागि देमेन्सिआ नेपालको फेसबुक पेज वा http://www.solvenepal.org/dementia मा संपर्क गर्न सकिन्छ । देमेन्सिआ नेपाल यसै समस्याको बारेमा नेपालमा हेल्थ प्रोफेसनललाई इन्टेर्वेन्सन्, ट्रैनिङ, डिमेंशिया निदान, व्यवस्थापन र केयर योजनामा लागि परेको छ ।
यो एउटा जटिल र प्रतिस्पर्धी दिमागी असर गढबढी हो । लेवी बोडी देमेन्सिआमा बुझाईको गढबढी तथा बाधाहरुले यसलाई बैज्ञानीकहरु पनि निकै जटिल मान्दछन किनकी यसले दिमागका धेरै भागमा धेरै तरिकाले प्रभाब पार्दछ । जसका करण हरेक दैनिकी क्रियाकलापहरुमा कठिनाई आउँदछ र त्यस्ता सम्भाबित लक्षणहरु देखिन्छन ।
तैपनी थोरै जानकारीमा छ की अल्ज्हेइमेर्सर पार्क इन्सोन्स रोगका कारणहरु भन्दा जुन अती दुर्लभ भने होइन । एक मिलिओन अमेरिकन भन्दा बढी यसमा पनि धेरै जसो उमेर पाकेका, यस रोगबाट ग्रसित छन । जस्ले सोच्ने र चलमल गर्ने कृयालाई असछ्यम बनाउँछ । हरदिन बैज्ञानिकहरु यसको सहि निदान र पद्धतीका लागि कृयाशिल छन जसले बिरामी, परिवारका लागि सहजिकरण गर्दै लगेको पाईन्छ । यो लेखले बिरामी, परिवार तथा स्वायस्थ्यकर्मीलाई सहि बुझाई हेरचाह तथा ब्यबस्थान गर्नका लागि सहयोग पुग्छ भन्ने आशा गरिएको छ ।
लेवी बोडी देमेन्सिआ हुँदा ब्रैनमा Alpha-Synuclein Protein (अल्फा सिनुकलिन प्रोटिन) जम्मा हुन्छ । जसको प्रभाव बिरामीको सोचाइ तथा मुडमा समस्या आउँछ । जसले चिकित्सकलाई निदान गर्नको लागि बाधा खडा गर्दछ । किनकि पूर्ण अवस्थामा यसले अल्ज्हेइमेर्सका जस्तै रोगका बिशेषताहरु देखाएर पहिचानमा भुक्काउँछ र गलत निदान हुन पुग्दछ । यसलाई २ भागमा बिभाजन गरी हेर्न सकिन्छ ।
देमेन्सिआसँगै पार्किन्स
देमेन्सिआसँगै लेवी बोडी देमेन्सिआ
यी दुबैलेपूर्ण अवस्थामा फरकफरक लक्षणहरु देखाउँछ । तर जैबिक परिवर्तन ब्रेनमा उस्तै हुन्छ ।

को हुन्छ त यसबाट प्रभाबित ?
लेवी बोडी देमेन्सिआ सामान्य तया ब्यक्तिको ५० अथवा बढी उमेरबाट देखा पर्न शुरु गर्दछ । तैपनी यो भन्दा कम उमेर जस्तोकी ४० को उमेरबाट नै देखा पर्न शुरु पर्दछ । त्यसमा केही बढी महिलालाई बढी आक्रमण गरेको बिभिन्न अनुसन्धानले देखाउँछ । यसका लक्षणहरु बिस्तारै शुरु हुने र खतरनाक तरिकाले बढेर जाने हुन्छ । ५–७ बर्षको अन्तरालमा (बिरामीको पहिचान पछि) मृत्यु हुने हुन्छ । तरपनी २–२० बर्ष यसको समय लामो हुन जान्छ । किनभने ब्यक्ति–ब्यक्ति अनुसार लक्षणहरु छिट्टै बढ्ने र ब्यक्तिको समग्र स्वास्थ्य, उमेरका आधारमा त्यो निर्भर गर्दछ । LBD को पूर्व अवस्थामा प्रायः निदान गर्दा लक्षणहरु मध्यम (Mild) खालका देखिने भएकोले व्यक्तिले सामान्य कामहरु पूर्ण रुपले पहिले जस्तै अवस्थामा गर्न सक्दछन । तर (Advance) बिकसित अवस्थामा बिरामीलाई अली बढी सहयोगको जरुरी पर्दछ । त्यति बेला सोचाइका लागि तथा अरु कृयाकलाप गर्न आँफै सक्दैन र पछिल्लो अवस्थामा बिरामी पूर्ण अवस्थामा अरुको भर पर्नु पर्दछ । अहिलेसम्मको समयमा LBD को सफल उपचार भैसकेको नभएको तथा निदानको पूर्ण निर्देसिका नआइ सकेको परिस्थितीमा अध्ययन अनुसन्धानले बिकसित बैज्ञानीक स्याहार तथा नयाँ उपचारका बिधीमा बिकास गर्दै सहयोग पुराइ रहेका छन् ।


के हो त लेबी बोडि देमेन्सिआ ?


जर्मन निउरोलोजिस्टको नामबाट (डा. फ्रिडेरिच्लेवी) स्थापित यो रोगको १९१२ मा असामान्य प्रोटिन्को संचित ब्रेनमा हुन जादा हुन्छ भन्ने कुरो पत्ता लागेको थियो । त्यसैलाई अहिले लेवी बोडिज भन्ने गरिन्छ । स्वस्थ्य दिमागमा AlphaSynucelein ले महत्वपूर्ण भूमिका खेल्दछ (निउरोन, बिशेष गरी सिन्प्सेस (Synapses) मा जहाँ ब्रेनसेल (Brain Cell) दिमागी कोश एक अर्कामा संचार गर्दछ । LBD मा Alpha-Synucelein हरु निउरोन (Neuron) मा गुजुमुज्ज बन्छ ब्रेनसेल (Brain Cell) को कुनै भागमा । यस्तो प्रकृयाले निउरोन्लाई कम काम गराउँछ । र, अन्त्यमा ति कोसहरु मर्दछन । ब्रेनका केमि कल्सर त्यस्ले गर्ने कृयाकलाप प्रभाबित बन्दछ । यो प्रकृया पुरै ब्रेनभरी फैलिदै गई ब्रेनले गर्ने कार्य पुरै प्रभाबित बन्दछ ।
LBD ले ब्रेनको निम्न क्षेत्रमा प्रभाव पार्दछ । जस्तो किः
(सेरेबेरल कोर्तेक्स (Cerebral Cortex) यसले सुचना प्रसारण, सोच्ने कृया, भाषाको छनौट नियन्त्रण र बुझाईको काम गर्दछ ।
लिम्बिक (Limbic कर्तेक्स ) यसले व्यबहार तथा इमोसनजन्य कृया गर्दछ ।
हिप्पोकम्पुस जसले नयाँ सम्झनाको निर्माण गर्दछ ।
मध्य दिमाग (MID ब्रैन) सब स्टानतिआनिग्रा (सुब्स्तन्तिअनिग्रिअ) जसले हलचललाई कन्ट्रोल गर्दछ ।
ब्रेन इस्टिम (Brain Stem) जसले सुताइ तथा उठाईको ब्यबस्थापन गर्दछ ।
ओल्फक्टोरी नर्भ (Olfactory Nerves) जसले गन्ध (Smell) को कोन्ट्रोल गर्ने गर्दछ ।

LBD का प्रकारहरु
यसलाइ निम्न २ प्रकारमा बिभाजन गरी हेर्न सकिन्छ ।
Lowey Bodies With Dementia (लेवी बोडिसँगै देमेन्सिआ)
पर्किन्सोन्ससँगै देमेन्सिआ (Parkinson with Dementia)। यी दुबैले फरक (फरक बिशेषता देखाउँछन् । संज्ञानात्मक (Cognitive Thinking) र Movemen (हलचल)-का कृयामा
A- पहिलोले लगभग अल्ज्हेइमेर्स जस्तै सोच्ने, सम्झने कार्यमा कमी ल्याउँछ । तर, समयसँगै बढ्दै जादा हलचल र अरु फरक लक्षण (Distinctive Symptoms) देखिन थाल्दछ । जस्तो कीः Visual Hallucinations (दृष्टिभ्रम), अल्मल हुने, सचेत हुन नसक्ने, र संज्ञानअत्मामा कमी, Slowness Of Movement (हिडाईमा कठिनाई, Rigidity, पर्किन्सोन्सको जस्तो हिंड्ने समस्या)
B- Sensitivity And Hallucination (सम्बेदनसिलता तथा भ्रम)
REM Sleep Behavior (No Sweet Dreams हुने) बेड्बाट खस्ने, पार्टनरसँग नराम्रो व्यबहार गर्ने, एल्लिङ (Yelling) चिल्लाउनु, निद्रामा हिंड्नु,
४ मानसिक कृयाकलाप तथा बिश्लेषणात्मक कृयाकलाप र समस्या समाधानमा अग्रसर हुन नसक्नु

B- दोस्रोमा पर्किन्सोन्स देमेन्सिआ (Parkinson Dementia) । यस्तो प्रकारमा बिरामीले हल्का अबरोध भएको देखाउँछ । Tremor (काम्नु) Shuffling Walk (ब्यक्ती ढोका नाघेर हिड्न सक्दैन), मांसपेसी कडा हुनु (Muscle Stiefness) आदी लक्ष्णणले पर्किन्सोन्सको नजिक पुराउँछ । साथै पछि मूड परिवर्तन र व्यबहार परिवर्तन गराउँछ । जुन अनुमान (रोगनिदान )लाई कन्फुजन बनाउँछ । त्यहीक्रम रहिरहँदा ब्यक्ति पर्किन्सोन्सको सम्भाबित तत्व बन्न जान्छ ।
कारण र सम्भावित तत्व- मुख्य कारण भन्न नसकिए पनी यसको जैबिक र जिनेटिकको केही सम्बन्ध भने यसमा पक्कै देखिन्छ । जस्तोकी LBD मानेउरोन् (Neurone) को छय हुँदा २ प्रकारका नेउरोट्रन्समिटेर्स् (Neurotransmetters) उत्पन्न हुन्छ । जुन केमिकल्सको माध्यमबाट ब्रेनसेल (brain cells) मांस सन्देसहरु आदान प्रदान हुन्छ । Acetylcholine ले मेमोरी र सिकाईको सन्देश दिन्छ । अर्को (Dopamine) दोपमा यिनले उत्प्रेरणा, सुताई, मूड, हलचलमा महत्वपूर्ण भूमिका खेल्दछ । बैज्ञानीकहरुले तल लेखिएका करकतत्वलाई स्विकार गरेका छन् ।
१- उमेर
२- जेनेटिक–केही थोरै प्रतिशत GBA Gene (जीन)लाई मानिए पनि ठाक्कै भने भन्न सकिदैन ।
३- जिउने कला (जीवन जिउने कला कुन र कस्तो नभनिए पनि अस्वस्थपूर्ण जीवनशैली, मानसिक तनाव, आप्र्याप्त पोशण, शारीरिक ब्यामको कमी भने पक्कै पनि सम्बन्धित हुन् ।
रोग र स्वास्थ्य अवस्थाले पनि REM Sleep Disorder हुन्छ ।


सामान्य लक्षण (Common Symptoms) हरु के के हुछन् ?
ब्यक्ति (ब्यक्ति अनुसार लक्षण फरक देखिन्छ जसमा (ब्यक्तिले संज्ञानअतमक (Cognitive ) (Movement) मोवेमेन्त, Sleepdisorder nd अरु व्यवहारजन्य (Behavioural) गडबड देखाउँछ ।
Cognitive System- Visual and spatial disability (भिजुअल एन्ड स्पटिअल दिसबिलिटी) हुने योजना बाहय कार्यहरु समस्या समाधान तर्किक क्षमतामा कमी तथा अरु सामान्य देमेन्सिआ देखिने लक्षणहरु (कन्फुजन), समय तथा ठाउँ भाषा तथा अंकहरु चिन्नमा कठिनाई मूड् (बानी परिवर्तन), निर्णयमा कमजोरी, शुरुवातमा कठिनाई (Loss Of Initiative )
Cognitive Fluctuations (अनियमित गडबड हुने)- आशा नगरिएको परिवर्तन हुने, सोचाईमा सचेततामा सतर्कता, आज्ञानअता, कहिले दिनभरी त कहिले केही समय घण्टा मात्रै, कुनै बस्तु वा केही अन्य कुरामा अचम्मित वा surprise मानेर हेरिरहनु, टोलाई रहनु (Drowsy And Lethargic) अल्छिपना आउनु, वा धेरै घण्टा वा दिनभरी नै सुत्ने वा रातभरी उठ्ने, ठीक नमिल्ने बिचारहरु दिने, नबुझिने तर्क गर्ने, एक दिन उत्तम हुनेअर्को दिन खत्तम बानीव्यहोरा देखाउने ।

– Hallucinations (भ्रम)- देखाइ र सुनाइ बर्तमानमा हुँदैन तर बर्तमानमा भएको दाबी गर्छन हेराइको (Visual Hallucinations) ८०% सम्म LBD मा आइरहन्छ । त्यस्तै सुनाइका भ्रम (मिथ्या) हरु प्रकट गर्दछ । तर Auditory Hallucinations कमी रहन्छ । त्यस्ता भ्रमहरु दिस्रुप्तिवेन हुने भएकोले उपक्षर आबस्यक हुँदैन । तैपनी यदी डराउने र उक्त Visual And Auditor Perception सँग लड्न खोज्ने आक्रमक बन्न खोज्ने गरेमा भने औषधीको प्रयोग ( Sedaptive) गर्न सकिन्छ ।

यसमा बिरामीले धेरै बर्षदेखि त्यस्ता कुनै प्रकारका पनि हलचल कठिनाईहरु नपाउन सक्छ तैपनी समानन्य लेखैइमा कठिनाई (मध्यम प्रकृतिको) दुई हातको प्रयोग गर्नुपर्ने हलुङोबस्तुलाई पनि जस्ता प्रकिती देखिन्छ । त्यो भने पार्कइन्सोन्स तुलना गर्न मिल्दैन यसमा निम्न चिन्नहरु समाबेश हुन्छन ।
कमजोर आवाज,
 निल्न कठिनाई,
 मन्सपेसी कडापन,
 समन्वयको कमी,
 बसउठ प्रक्रिया नमिल्नु,
 साना साना लेख्ने, जुन हुनुपर्ने भन्दा पनि साना,
 मुख र अनुहारको फरक आकार हुने जस्तोकी तल झरेको अनुहार देखिनु ।
 सन्तुललमा हिंड्न नसक्नु, लर्बराएको जस्तो हुनु,
 सुताइ अनियिमित, सुस्त हलचल,
 हात्ती जस्तो हिंड्ने

के हो त REM (रेम) Disorder (दिसर्डर) भनेको ?
यसमा ब्यक्तिले सपना देख्दैछ वा त्यस्तै अनुरुप गर्दैछ जस्तोलाग्दछ (सपनामा बोल्ने, कराउने, डरलाग्दा गतिबिधी देखाउने,) यि जस्ता लक्षणहरु उसको बेडपार्ट्नरले मात्र छुट्टाउन सक्छ यात सपना हो यात अरु कुनै । त्यस्ता कृयाकलापहरु कसैमा एक बर्ष पहिले देखिनै, LBD शुरु हुन भन्दा पहिले देखिन्छ । आदि परिवर्तनहरुमा फेरबदल भैइ रहछ जुन सामान्य नै मानिन्छ । तर यसलाई Sleep Specialist ले नै सहि निक्र्युल गर्नु उत्तम हुन्छ । र, उसलाई सुताइको निदानमा सहयोग पुग्दछ । अरु स्वास्थ्यकर्मीले निदान गर्न नसक्ने हुन्छ किनभने रेम सिलिप डिसर्दर REM sleep disorders वा इन्सोम्निआ (Insomnia) वा Excessive Day Time वा Restless Leg Syndrome (रेस्ट्लेस लेग लक्षण) बिच फरक चिन्न मुस्किल हुन जान्छ ।
Excessive Day Time Sleepiness- २ वा २ भन्दा बढी घण्टा वा पुरै दिन सुत्ने
 Restless Leg Syndrome – यस अवस्थामा ब्यक्ती थकित देखिन्छ, उभिन सक्दैन दुःखाइ खुट्टामा भएको ब्यक्तगरी रहन्छन, हिंड्नचल्न मुस्किल भएको ब्यक्त गरिरहन्छन ।
 व्यबहारजन्य र्मुड लक्षण (Behavioural And Mood System) -LBD मा व्यबहारजन्य कृयाकलाप नियमित फेरबदल भैइरहन्छ ।
 (Depression ) डिप्रेसन- दुखित हुने, आनन्दित हुन नसक्ने, खानाखान सुत्न र अरु सामान्य कृयाकलाप गर्न नसक्ने
 अपाथी(Apathy) -यसमा बिरामीमा सामान्य दैनिकी कामहरुमा सामाजिक अन्तक्रियामा कमि आउँछ ।
 Anxiety (एन्जैटी)-ब्यक्तिले आफ्नो नजिकको कोही देखेन भने रुने, डराउने, रिसाउने, कृया गर्दछ सम्भबित घट्ना वा हुँदै गरेको केहीघटनासँग डराउने (जस्तो पानी पर्दै गरेको आवाज, गाडी हर्नसँग डराउने, मौसम परिवर्तन हुँदा ससंकित हुन खोज्ने आदि)
 Agitation – आशान्त, पटक–पटक शब्द तथा वाक्य दोहोर्याउने, बिछिप्त हुने, स्थिर भएर बस्न नसक्ने,
 Delusions- गलत विश्वाश, बिचारलाई बोल्ने, दाबी गर्ने (कुनै ब्यक्तिले श्रीमान श्रीमतीलाई सेक्सको अफेएर गर्दैछ वा कुनै छिमेकी पहिल्लयै मरिसकेको तर जिउँदो रहेको साबित गर्न खोज्ने, Capgras Syndrome देखाउँने (कसैको फोटोलाई कसैसँग मिलेको भनेर भन्ने)
 Paranoia (परानोइया)-अरुलाई विश्वाश नै नगर्ने, कसैले चोर्दैछ लुकाउदैछ भनेर आरोप लगाउने बाहेक अरु लक्षणहरु यसप्रकार छन् ।
 LBD का विरामीले Nervous (नर्भस) सिस्टममा परिवर्तन भैरहने हुनाले मुटु, ग्रन्थी, र माँसपेसी पनि परिवर्तन हुन आउँछ ।
 तापक्रममा परिवर्त नहुने,
 रक्तचापमा समस्या आउने
 रिगंटा हुने Dizziness, आँखा तिर्मिर हुने
 मुर्छा हुने (Fainting)
 बारम्बार लड्ने (Frequent Falls)
तातो चिसोको सुचना दिइरहने, सेक्सको गडबढी, पिसाब समस्या चुहिने, कब्जियत, बासनाको कम जानकारी पाउनु


निदान के हो त ? Diagnosis
LBD पहिचान लागि कुन प्रकारको हो भनेर जान्न नै महत्वपूर्ण हुन्छ । त्यसका लागि माथि उल्लेख गरिएको अनुसार हेर्नुपर्दछ Clinician र अनुसन्धानकर्ताले एक बर्से नियम (1 Year Rule) लाई आधार मानेर परिभाषित गर्दछन । यदी एक बर्षमा सँज्ञानत्मक लक्षण (Cognitive Symptoms) देखिन्छ भने त्यो लेवीबोडिज हो । त्यस्तै Cognitive Problem एक बर्षमा भन्दा बढीमा बढेर जान्छ । त्यसलाई पार्कइन्सोन्स रोगले चिनिन्छ । पार्कइन्सोन्स देमेन्सिआ LBD भन्दा दिमेन्सिआ छिटो गतीमा बढेर जान्छ । तसर्थ LBD अल्ज्हेइमेर्स, पार्कइन्सन्स र मनोरोग (Psychiatric Illness) जटिल साबित भएको छ । निदानका लागि किनभने LBD ले थुप्रै मिल्दाजुल्दा लक्षणहरु देखाउँछ । पारिणाम त यो गलत निदान भै रहन्छ त्यस कारण शुरुवाती अवस्थामा नै लाई सही निदानको लागि पहल गर्न सकेमा उक्त रोगको छिटो उपचार हनु जाने र अरु थप आर्थिक ब्ययभार गर्नु पर्दैन । साथै आर्थिक तथा कानुनी ब्यबस्थपनको योजना गर्न पाउँछ । सहयोगी समुहको खोजी गर्न तथा गुणस्तरीय जीवनलाई लम्बाइमा सहयोग पुग्दछ । जब LBD को निदान गर्न दुःख र पट्यार, झन्झटिलो हुन जान्छ त्यती बेला मात्रै यसका कारणहरु जान्न राजी हुन्छन ।

कसले हो त LBD को निदान गर्ने ?
धेरै फिजिसियन र अरु मेडिकल टिमले LBD निदानका लागि सफल हुँदैनन त्यस कारण बिरामीले बहुबिज्ञ टोलिको परामर्श लिनुपर्दछ । फेमिली डाक्टर, प्राय पहिलो चरणमा उपयुक्त हुन्छ अनी त्यस पछिका बिज्ञमा Neurologist जो ब्रेन र नर्भससिस्टमको बारेमा जान्दछ- उ सामान्तया विज्ञ बन्न सक्छ । अनी Geriatric, Neuropsychologists पनि एक बिज्ञ बन्न सक्दछ । त्यसका अतिरिक्त देमेन्सिआ मुभ्मेन्ट् दिसोर्डर क्लीनिक (Movement Disorder Clinic) उपयुक्त बन्न सक्छ ।


कुन टेस्ट गर्ने त ?
बिभिन्न टेस्टलाई आधार मानिने भएकोले प्रथमतः (Pathological) प्यथोलोगीकल तथा And Neurological) नेउरोलोगिकल परिक्षण पश्चात निम्न टेस्ट गरिन्छः
A– मेडिकल हिस्ट्री र टेस्ट वा जांच-जसमा बिरामीको पूर्व र हालको रोगको अवस्था औषधी उपचार मेमोरी टेस्ट तथा movement टेस्ट गरिन्छ ।
B- मेडिकल्टेस्ट– प्रयोगशालमा गरिने परिक्षणले हर्मोनल र भिटामिनको अवस्था बारेमा जानकारी दिन्छ ।
C- ब्रैन इमेजइङ- (Brain imaging) -CT or MRI ले ब्रेनमा भएको नोक्सानको जनकारी दिन्छ साथै अरु रोगको अवस्था पनि ।
D- Neuropsychological Test – यी Test ले मेमोरी र केही सँज्ञानअत्मक परिक्षण गरी त्यो अवस्थाको जानकारी दिन्छ ।
E- कतिपय अटोप्सी– (Autopsy) को परिक्षणले पनि थाहा पाउँन सकिन्छ कि जिबित ब्रेनको परिक्षणबाट नै LBD को निदान हुने भएकोले केही त्यस्ता नेउरोइमगिङ ( (Neuroimaging) Positron Emmission Tomography and Single Photon Emition Computed Tomography) ले केही सहजिकरण गरेका छन Dopamine (डोपमिनी) कमिको स्तिथी Spinal Tap Lumbar Puncture गरेर प्रोटिन परिक्षण ( Cerebrospinal Fluids ) बाट ब्रेन दिसर्डर (Brain Disorder) पत्ता लगाउन सहयोग पुग्दछ ।
त्यस बाहेक परिवार, साथी र केयरटेकरले प्रत्यक्ष देखेका, भोगेका, सामना गरेका, व्याबहारिकजन्य गडबडी, बिरामीले खाने गरेका, औषधी, भिटामिनका प्रयोगजस्ता पक्षलाई चिकित्सकसँग संचार सम्प्रेशण गरिदिएमा बिरामीका थापा प्राइभेट कुराहरुले निदानको नजिक पुग्न मद्धत गर्दछ ।

उपचार र ब्यबस्थापन कसरी गर्ने ?
हालसम्म LBD लाई उपचार गर्न नसकि रहेको समयमा केही अली ब्यापक उपचार योजना बनाउन सकिन्छ ।
 काउन्सेलिङ (Couselling)
 थेरापी (Theraphy)
 सुबिधा सहिको घर (Safety home),
 सजिला उपकरण तथा सामाजिक सदभाव,
 सल्लाह, हौसला तथा केयर गिभरको राम्रो ज्ञान भएको केयरले जीवनलाई बिरामीको आयु लम्बाउन सकिन्छ ।
 व्यक्तिको परिस्थिती हेरिकन (फिजिकलथेरपिस्ट) जसले सामान्य शारीरिक ब्यायाम दिने ।
 Gait training (गैट ट्रैनिङ) दिने Cardiovascular (कर्डिओवस्कुल) हलचल ब्यबस्थित गर्न सहयोग पुग्दछ ।
 Speech Therapist (स्पीचथेरपिस्ट्) मधुरो आवाजलाई सुधार्न सक्छ, निल्न सजिलो बनाउँछ ।
 Occupational Therapist (ओक्कुपेस्नल थेरपिस्ट)-दैनिक कृयाकलाप सजिलो बनाउने, खाने, बस्ने, नुहाउँने, र परनिर्रभता घटाउन सहयोग गर्दछ ।
 म्युजिक वा एक्स्प्रेस इवेआर्टथेरपिस्ट (Music Or Expressive Art Therapist) -यसले Anxity हटाउन सक्छ र स्वस्थ्य बन्न प्रेरित गर्दछ ।
 मेन्टल हेल्थको उन्सेलोर्स (Mental Health Counselors)- परिवार तथा LBD बिरामीलाई Emotions (इमोसन) तथा अन्न व्यवहारजन्य गडबडी वा समस्यालाई ब्यब्स्थापन गर्न सहज गराउँछ ।


औषधी- के हो त ?
 १००% रोगी निको हुने औषधी नभएकोले पनि ब्यक्तिको परिस्थिती अनुसार उस्तै-उस्तै औषधी गर्न prescibe सकिदैन र मिल्दैन पनि किनभने केही औषधीले बढी लक्षणहरु देखाउँन भूमिका खेल्दछ र जुन बिरामीलाई खराब तथा घातक बन्न सक्छ । Inhibitiors (कोलिनिस्तेरस इन्हिबितिओर्स) जुन अल्ज्हेइमेर्सका बिरामीलाई दिने गरिन्छ । Rivastigmine Patch And Tabs C14h22N2O2), Molarmas 250.33g/ml, (एक्स्केलोन) Excelon Congnitive Symptoms (सँज्ञानअत्मकलक्षण) treatment उपचारको लागि दिने गरिन्छ, तैपनी sideeffects (साएडअफ्फेक्ट) भने रहन सक्छ ।- (Diarrhoea (पखाला), तथा वाकवाकी ( (Nausea)
 पार्कइन्सोनसमा प्रयोग गरिने औषधी Carbidopa-levodopa, Parcopa, Sinement, Stalevo दिने गरिन्छ । यी औषधीले हिडाई, बेडबाट उठ्ने, झर्ने तथा हिडडुँल गर्ने कृयामा सुधार गर्छ केही Side Effects (साएडअफ्फेक्ट) भने नभएका होइनन । जस्तो-Hallucinations, हालुसिनेशन, psychiatric साइक्रिट्रियक र Behavioural Problems व्यवहारिक समस्या, यही जोखिम Risk को कारणले (Physician) फिजिसिअनले Mild Movement Disorder (मध्यम हलचल अवस्थाको गडबडी) मा औषधी सेबन नगर्न सल्लाह दिनु उपयुक्त हुन्छ । यदी दिने हो भने low Dose कम मात्रा मात्रै सेबन गराउनुपर्छ । अरु पार्कइन्सोन्स औषधी मै प्रयोग गराइन्छ किनकि यिनिहरुले अली बढी Side Effects (नकरात्मक असर) देखाउँछ ।

 डिपब्रेनएस्टिमुलसन (Deep Brain Stimulations) अली बढी प्रभावकारी देखिए पनि LBD मा प्रयोग गर्न भनिदैन किनकि यसले Cognitive Impairment बढाउँछ तसर्थ Physical Theraphy अर्को बिकल्प बन्न जान्छ ।
 Clonazepam Kolnopin- Seizures (कम्पन) र (Pain) पिडा मुक्त गर्न सहयोग गर्ने भएकोले कम मात्रा दिन सकिन्छ, Dizziness, Unsteadiness, And Problems With Thinking यसका साईड इफ्फेक्टभए पनि मेलटोनिन् (Melatonin) हर्मोन Insomnia (इन्सोमनिया) का लागि उपयोगी हुन्छ ।
 केही सुताइसँगका समस्याहरु बिना औषधी पनि समाधान गर्न सकिन्छ, अली बढी काम गर्ने थाक्ने गरी शारीरिक क्रियाकलाप गर्ने अल्कोहल, कफी चक्लेट कम प्रयोग गर्ने अतिरिक्त औषधी (Supplementry Drugs) को अनुगमन गर्ने तथा त्यसको निरन्तरता नअपनाउने गर्नाले पनि केही सहयोग बन्न सक्छ ।
 Behavioural and Mood Problems समाधानका लागि बिरामीको मेडिकल कन्डिसन के हो त्यो हेरिकन डर, पीडा दिक्दारिपन, तनाब, चोटपटक, ज्वरो, पिसाब समस्या बेड्सोरस् (Bedsores) Consitipation (कन्सिटिपेसन), Pulmonary Infection (पल्मोनरी इन्फेक्सन) उसमा भएका सम्सयालाई औषधी बिना वा औषधीको प्रयोगले ति समस्यालाई मुक्त गराउन जान्नुपर्छ जसका लागि स्वास्थ्यकर्मी सबै व्यावहारिक समस्याहरु रोग र औषधीजन्य कारणले हुन्छ भन्ने हुँदैन भन्ने बुझ्नु जरुरी छ । एउटा व्यक्तिको वरिपरीको बातावरण तनाब Anxiety वा उत्तेजनात्मक, अन्य दैनिक आउने प्रतिकूल परिस्थितीहरु, आदिका सम्बन्धले पनि उसलाई त्यस्ता केही व्यबहारमा तलमाथि गराउँदछ । केयरगिभरले घरको बातावरणबाट उत्पन्न हुन जाने तनाबलाई व्यवस्थापन गर्न सक्छ । त्यसकारणका LBD बिरामीलाई स– साना कामहरु नियमित रुपले गराउँदा फाईदा नै हुन जान्छ । त्यस्तै ठुला आवाज अथवा उत्तेजना ल्याउने बातावरणले कन्फुजन र Anxiety बढाउन सक्छ । प्रायः LBD का बिरामीले झेल्ने समस्या भनेकै Hallucinations र Delusions भ्रममा बिबाद गर्न सक्छ नत जवाफले सन्तुष्टी दिलाउन सकिन्छ । बरु केयरगिभरले उसका उत्तेजना, टेन्सन, स्वाभिमान, साहनुभूति प्रकट गरी सन्तुष्टी बनाउँन सक्छ ।
 LBD मा हुने Psychiatric लक्षणहरु र Hallucinations लाई Cholinesterase Inhibitors ले घटाउन सक्छ जसले ब्यवहारिकजन्य कृयाकलाप प्रभाब पार्दैन तैपनी त्यसबाट वाक वाकी, बान्ता हुन जाने हुँदा लामो समयसम्म Longterm Strategy को बारेमा कस्तो गर्ने हो त्यसको बारेमा सोच्नुपर्दछ ।
 त्यस्तै antidepressants को उपचार प्रकृयामा प्रयोग गर्न राम्रै देखिन्छ किनभने डिप्रेसन र Anxiety LBD मा सामान्य नै हुन आउँछ । २ प्रकारका Antidepressants जसलाई Selective Serotonin reuptake inhibitors र non-repinephrine reuptake inhibitors LBD मा राम्रैसँग सहनशिल हुन्छन । केही अन्य स्थितीमा Antipsychotic औषधी पनि आबश्यक पर्दछ तैपनी त्यसका नकरात्मक असरलाई भुल्न हुँदैन। (ब्लड्प्रेसर लो गराउने, बढी सुत्ने, मुर्छपर्ने orthostatic hypotension आदि) । Olanzapine-zyprexa र Risperidone Risperadal जस्ता भने LBD मा दिनु नै उपयुक्त हुन्छ ।
 Antipsychotics लाई Atyptica भनिन्छ-ती औषधीहरु कम मात्रमा र छोटो समयको लागि (Prescribe) रिफर गर्नुपर्दछ जस्तैः Clozapine, Clozaril-or-Seroquel- Fazacdo र अन्य वा typical/ traditional दिन सकिन्छ । जस्तो- Haldol र Haloperidol etc .

अरु उपचारका सम्भावनाहरु के छन त ?
अरु बैकल्पिक उपचारमा के गर्ने त भन्ने प्रश्न निकै जटिल छ किनभने कती र कुन प्रकारको उपचारले ठीक हुन्छ त भन्ने अन्योल छ ।
 LBD ले नर्भस सिस्टमलाई प्रभाब पर्दछ (B. P.), पाचन, तथा अन्य कृयाकलाई स्वाभाबिक रुपले नियन्त्रण गर्दछ । Orthostatic Hypotension (ओर्थोस्तटिक्हैपोटेन्सन) लो ब्लड्प्रेसर, जस्ता लक्षणहरु सामान्य आउँदछ । जसबाट Dizziness रिङ्गअटा लाग्ने मुर्छा पर्ने हुन्छ । सामान्यपन टेस्टमा जस्तोले गए लेवसन, (Leg Elevation), इलस्टिक्स्टोकिङ् (Elastic Stocking) हुँदा भने नुनिलो झोल पदार्थ खान दिदा फाईदा हुन्छ ।
 पिसाब चुहिने (Urinary Incontinence) अथवा मुत्रथैलीको कमजोरी हुँदा भने राम्रो साबधानिका साथ उपचार गर्नुपर्दछ । नत्र भने त्यस्तो अवस्थाले झन कन्फुजन हुन जान्छ किनभने त्यस्ता समस्या औषधीले निको हुने समस्या हुन । त्यस्तै Constipation कब्जियत शारीरिक व्यायाम र आहारको परिवर्तनले ब्यबस्थित गर्न सकिन्छ । यद्धपी Urologist उरोलोजिस्टको परामर्श अबश्य चाहिन्छ का बिरामी अरु औषधी प्रयोग गर्न अती नै सम्बेदनशील देखिन्छन् ।
 यदी सर्जरीको योजना छ भने औषधी रोक्ने कि के गर्ने भनेर एनेस्थोलोजिस्ट र निउरोलोजिस्टसँग सल्लाह गर्नु राम्रो हुन्छ । त्यस्तै भिटामिन अन्य औषधी लिँदापनि फुडबिज्ञ (Diaeatician) लाई संपर्क गर्न जरुरी हुन्छ ।

अन्त्यमा, अन्य के के कुरा अपनाउनु पर्दछ ?
यसले (LBD) ले हेल्थ प्रोफेससनल्स, परिवार केयरटेक र सबैलाई उत्तम स्वस्थ्य कायाम गर्नका लागि चुनौती दिन्छ त्यसका लागि सुरक्षित घर बसाई, समाज बाटो-घाटो शौचालय ब्यबस्थापन, भन्सा–कोठा, औषधी ब्यबस्थापन, छुट्टै बिरामीको पहिचान दिने लोकसंगीत ब्यव्स्थापन, कोलाहल रहित बातावरण, केयरटेकर तालिम, स्वास्थ्य बिमाको नबिकरण तथा बच्चाहरुको बुझाईमा सहिज्ञानजस्ता कृयाकलाप गर्न सकिन्छ ।
स्रोतः

Alzheimer disease education and referral center

Lewey body deentia association American academy of neurology American Association for geriatric psychiatry Family caregivers alliance Alzheimer association National institute on aging Alzheimer disease education and referral center. www.nia.nih.gov/alzheimer National institutue of neurological disorders and stroke. www.medlineplus.gov/Spanish National parkinsons foundations. www.parkinson.org Family caregivers alliance. www.caregiver.org The American association for geriatric psychiatry. http://gmbfonline.org

प्रकाशित मिति : २९ फाल्गुन २०७६ बिहिबार ००:००  ९ : ५० बजे