७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोभिड १९ः लक डाउन, श्रमिक र राज्यको उत्तरदायित्व



कमल चौधरी ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व समुदायलाई नै आतकिंत वनाइरहेको छ । मानव मानव वीच एक आपसमा तर्सिनु पर्ने अवस्था छ । नयाँ अनुहार संग अझ वढी नै डराउनु पर्ने भएको छ । प्राय सवै समाजमा आजभोली घर, परिवार, छरछिमेक सबैको सम्बन्ध नै विच्छेद् जस्तो भएको छ । यातायातका साधनहरु पूर्ण रुपले ठप्प छन् । यही वीच कोरोना रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देश नै ‘लक–डाउन’ गरेपछि यातायातका साधनहरु पूर्ण रुपले ठप्प भएका छन्् ।
हालै भएको लक डाउनले आम समुदायमा समस्या त छदैं छ । त्यसमाथि श्रमिक वर्ग सवै भन्दा वढि मारमा परेका छन् । दिन भर मजदुरी गरेर जेनतेन छाक टार्ने वर्गलाई हालको वातावरण अरु असहज हुदै गएको छ । तर यही बीचमा ईट्टा उद्योगहरुमा भने हालसम्म पनि उद्योगीको आफ्नै पहलमा खाद्यान्नको जोहो गर्दै श्रमिक वर्गलाई उत्पादन कार्यमा लगाई रहेका छन् । यद्यपी सचेत उद्योगीहरुले आफ्ना उद्योगहरुमा सुरक्षाको उचित प्रवन्ध सहित कामदारहरु परिचालन गरीरहेका छन् र यस वर्षको करिव ८ पटकको अप्रत्यासित वर्षाका कारण ईट्टा उद्योगको उत्पादनमा भएको नोक्सानीलाई परिपूर्ति गर्ने गरी कामदार परिचालन गरेको देखिन्छ ।
अन्य उत्पादनका क्षेत्र वाहेक कपिलवस्तुका रुपन्देही जिल्लाका उद्योगमा काम गर्ने मजदुरका हालहरु भने आजका मितिसम्म नियमित चलिरहेका छन् । यस अघि वेमौसमी वर्षाका कारण कमाउन नसके र यस वर्षको कमाई पुरा गर्न निरन्तर हात चलाई रहेका छन् । काँचो ईट्टा उत्पादन गरि रहेका छन् । उनीहरुको कमाउने अवसरलाई ‘लक–डाउन’ ले छोएको छैन । उनिहरु सहुँसंग लिएको ऋण रकम तिर्न र ६÷७ महिनाको सिजनमा गरेको कमाईले बर्षभरी नै खानाको जोहो गर्ने उद्देश्यले काम गर्दै आईरहेका छन् ।
यस बर्ष बेमौसमे पानीले कामदारहरुलाई साहुँसंग लिएको ऋण तिर्ना पनि धौ–धौ हुने पक्का छ । त्यस माथि कोरोना भाइरसका कारण उद्योगीहरु आफ्ना कामदारहरुलाई कतिवेला सम्म रासन सुविधा उपलब्ध गराईरहन सक्छन अनिश्चित छ । यसले सम्पूर्ण कामदारहरुलाई अझ चिन्तित बनाएको छ ।
कपिलबस्तु, रुपन्देही लगायतका स्थानमा भएको ईट्टा उद्योगहरुमा हजारौंको संख्यामा भारत तथा नेपालका विभिन्न जिल्लाहरुबाट आउने कामदारहरुले रोजगारी गर्न आउँने गर्दछन् । उनीहरुलाई पछिल्लो समय सरुवा रोग कोरोना भाइरस र त्यस माथि नेपाल सरकारले गरेको ‘लक–डाउन’ बर्षभरी जोहो गर्ने खानाको चिन्ता नभएर आज–भोली साँझ विहानको जोहो गर्ने पनि समस्या देखिएको छ । श्रमिक वर्गको खाद्यान्न जसोतसो प्रवन्ध हुदै आएको तर कहिलेसम्म सकिने हो भन्न असहज रहेको उद्योगी विनोद पन्तले जानकारी गराउनु भएको छ । हाल सरकारी पहल संचार माध्यमका पानामा मात्र सिमित रहेको छ । यद्यपी वुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आफ्ना नगरपालिका भित्रका ईट्टा उद्योगको भ्रमण गरी आवश्यक अनुगमन र सहयोगको वातावरण मिलाउने बताएका छन् । कामदारहरुको स्वास्थ्यका लागि उचित पहल गर्न उद्योगीहरुलाई निर्देशन दिएका छन् र उद्योगीहरुले पनि उद्योग भित्र आचर संहिता, प्रर्याप्त हातधुने स्थानहरुको व्यवस्था, कोरोना भाइरस सम्वन्धी जानकारी, पोष्टर, पम्पलेट लगायतका माध्यमवाट सुरक्षित रहने जानकारी गराई सकेको छन् ।
यद्यपी यी सवै राम्रा प्रयासका वावजुद उद्योगलाई अव आउने समस्या भनेका खाद्यान्नको आपूर्ति हो । यस सन्र्दभमा ईट्टा उद्योगमा काम गर्ने श्रमिक वर्गका प्रतिनिधि पात्र जो कामदार समितिका पदाधिकारी छन् । उनीहरुसंग सम्पर्क गरी हाल श्रमिक वर्ग र उद्योगीले के कस्तो महशुस गरेका छन् । सो जान्ने प्रयास गरिएको छ । ईट्टा उद्योगहरुले राज्यलाई औसत ६० लाख देखि १ करोड ४० लाख सम्म कर तिर्ने भएकोले पनि राज्यको सहयोग यो क्षेत्रमा हुन नितन्त जरुरी पनि छ ।

श्रमिकलाई दैनिक खानाको चिन्ता
बुद्धभूमि नगरपालिका वडा–८ स्थित सेभेन स्टार ईट्टा उद्योगमा पथेराको काम गर्दै आएका बर्दगोरिया–१ कैलाली निवासी टिकाराम डगौराले आफुहरुलाई पछिल्लो समय लक डाउनले दैनिक खानाको जोहो गर्न निकै धौ–धौ हुन लागेको प्रतिक्रिया दिए ।
उनले यस उद्योगमा आफुहरु छोरा, बुहारी र श्रीमती गरी ४ जनाले पथेराको काम गर्दै आएको बताउँदै साहुँहरुले कति दिनसम्म हामीलाई पाल्नु हुन्छ कुन्नी ? भन्दै प्रश्न समेत गरे ।
त्यस्तै हिमाल ईट्टा उद्योगमा कार्यरत कामदार समितिका एक सदस्य तथा बाणगंगा नगरपालिका वडा नं. ६ मैनहरा निवासी बाबुराम चौधरीले डर त्रासका बीच आफू कामदार काम गर्दै आएको बताउँछन् । उनले आफुहरुले उद्योगमा नै बसेर काम गर्दै आएको बताउँदै कोरोनो रोक संक्रमण फैलिन नदिन सरकारले विभिन्न किसिमको अभियान चलाएको र लक–डाउन राम्रो रहेको बताए ।
उनले लक डाउनको पूर्ण पालना गर्दै आएको बताउँदै कामदारहरुलाई आवश्यक खाद्यान्नको व्यवस्था मिलाउन स्थानिय सरकारले विशेष भुमिका खेल्नुपर्ने प्रतिक्रिया समेत दिए । शुद्धोधन गाउँपालिका १ शोसा स्थित रहेको संमृद्धि ईट्टा उद्योगमा कार्यरत कामदार समितिका संयोजक तथा बर्दगोरिय गाउँपालिका ५ निवासी पथेराहरुका नाईके तिलक कठरियाले पछिल्लो समय कामदारलाई ठुलो समस्या भोग्नु परेको गुनासो सुनाए ।
उनले भने–“हाट बजार पूर्ण रुपले बन्द छ । खानाको लागी जोहो गर्न समस्या छ । कामदारलाई घर पठाउँ यातायातका साधन चलेको छैन ।”
उनले साहुँ र आफुले मिलेर कामदारको लागी नजिकैको गाउँ तथा किराना पसलहरुबाट खाद्यान्नको जोहो गर्दै आएको जानकारी दिए । उनले अब ३÷४ दिन भन्दा बढि खानाको जोहो गर्न सक्ने अवस्था नरहेको भन्दै राज्यले नै उद्योमा खद्यान्नको सहज व्यवस्था मिलाएको भए धेरै राम्रो हुने प्रतिक्रिया दिए ।
त्यस्तै रुपन्देहीको सिद्धार्थ ईट्टा उद्योगको म्यानेजर ईश्वरी बस्तीको प्रतिक्रिया उस्तै छ । उनले कोरोना रोगलाई संक्रमण हुन नदिन सवै कामदाहरुलाई सचेत गरेको बताए । उनले कुनै पनि ठाउँमा ३÷४ जना भन्दा वढी कामदारहरुलाई एकै ठउँमा बस्न नदिएको र आफुहरुले अनुगमन गरिरहेको प्रतिक्रिया दिए । उनले उद्योगका मजदुरहरुलाई उद्योग भन्दा बाहिर निस्कन पूर्ण रुपमा बन्देज रहेको बताए । उनले कामदारहरुको लागि आवश्यक दाल, चामल, नुन तेल, उद्योग व्यवस्थापकले नै व्यवस्था गर्दै आएको सुनाए । उनले यो लक–डाउन धेरै दिन भयो भने मजदुरलाई ठुलो समस्या हुने जानकारी दिदै राज्यले नै केही खाद्यान्नको सहज र सरल रुपमा व्यवस्था गरे राम्रो हुने प्रतिक्रिया दिए ।


राज्यको उत्तरदायित्व
कपिलबस्तु स्थित सेभेन स्टार ईट्टा उद्योगका म्यानेजर तथा गुनासो समितिका संयोजक मनोज चौधरीले निकै समस्याको बाबजुद कामदारहरुलाई नुन, तेल, दाल, चामल र तरकारीको व्यवस्था गर्दै आएको बताए । उनले भने–“बजार पूर्ण रुपमा सुनसान छ । हाट बजार खुलेका छैन । प्रहरी प्रशासन बाटोमा निस्कन दिएको छैन ।” उनले पूर्ण रुपमा विजोग रहेको बताउँदै आफु बाचौं र अरुलाई बचाऔं भन्ने उद्देश्यले उद्योग बाहिर कोहीलाई पनि निस्कन र बहिरी मान्छे उद्योगमा छिर्न नदिएको बताए ।
उनले बुद्धभूमि नगरपालिका वडा नं. ८ वडा कार्यलयको सिफारिस र ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेको अनुमति लिएर कामदारहरुलाई आवश्यक दैनिक उपभोग्य खद्यान्य गोरुसिङ्गे, बनगाई देखि दाल, चामल, नुन, तेल लगायत तरकारीहरु कामदारहरुलाई पु¥याउने गरेको सुनाए । उनले अब २÷३ दिन पनि धौ–धौ भएको भन्दै राज्यले नै उद्योगका श्रमिकहरुलाई दैनिक उपभोग्य खाद्यान्नको व्यवस्था गर्नुपर्ने उत्तरदायित्व रहेको प्रतिक्रिया दिए ।
त्यस्तै बुद्धभूमि नगरपालिका–८ बुद्ध ईट्टा उद्योगका संचालक विनोद पन्तले पुनः कामदारहरुलाई पूर्ण सुरक्षित तरिकाले काम गर्ने बतावरण गरेको सुनाए । उनले उद्योगमा काम गर्ने मजदुरलाई कोरोना भाइरस (कोभिड–१९) को बारेमा सम्पूर्ण कामदारहरुलाई सचेत गरेको जनकारी दिदै उनले ठाउँ–ठाउँमा सबुन पानीले हात धुने व्यवस्था मिलाएको र प्रत्येक कामदारलाई मास्कको व्यवस्था गरेको जनकारी समेत दिए ।
उनले कामदारलाई लक–डाउनको अवस्थामा घर फर्काउन पनि समस्या भएको हुँदा सुरक्षित रुपमा आ–आफ्नो झ्याउलीमा बसे पनि उनिहरुलाई साझँ विहानको खानाको समस्या हुन सक्ने बताए । उनले आजसम्म आफुहरुले जसोतसो दैनिक उपभोग्य खाद्यान्नको उपलब्ध गरेपनि अब यो धेरै दिनसम्म उपलब्ध गर्न नसकिने प्रतिक्रिया दिए । उनले भने– ‘लक–डाउन सरुवा रोग कोरोना भाईरसबाट बाँच्ने धेरै राम्रो उपाय भएपनि यो धेरै दिन लम्बियो भने उद्योगमा काम गर्ने मजदुरलाई धेरै समस्या हुन्छ । त्यसैले राज्यले पनि यस विषयमा गम्भिर हुन जरुरी छ ।’

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ८ : २५ बजे