१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कविताः ‘कोरोना कहर’



केदार ज्ञवाली
पाक्दैन त्यो गुन्दु्रक ढिडो, बाझिए बारी कान्ला,
यस्तै विपत परे जनमा, भविष्य के जान्ला ?
क्वाप–क्वाप घ्युँ का, खाएका आटोका गासहरु,
विलिन हुने पो हुन कि, मनका सबै आसह ?

झुण्डिन्थे मकै सुलिमा र टारिन्थ्यो आफ्नै जोहो,
नाथे कोरोना सुर्किन्छ यहाँ, भन्दैछ अझैं तको हो, ?
सन्त्र्यास छन् हजारौं जनह ? थाह छैन आफनो को हो,
क्षणभर मै सकियो आशसंगै, साँचेको माया मोहो ।


सुनेको थिए तेस्रो विश्व युद्ध, बिना मान्छे हतियारको हुन्छ रे,
जैविक हतियारले जनलाई, भित्र–भित्रै छुन्छ रे !
थुनेर जनलाई भान्सा, बिस्तारा ओखती सारा हुन्छ रे ,
नाथे कोरोना संसारकै हात पाउँ, जतासुकै घुम्छ रे !
यत्रो संसार रच्ने दिमाग, जाबो कोरोना थुन्न नसक्ने,
फकाई–धपाई अन्यत्रै बाटो मोड्न नसक्ने ।


आउँछ संकट अवश्यम भावी, बाझिएका खेतबारी चुनिरहेछ’,
फर्किन्छ कि आशाको भनेर त्यान्द्रो, नौलो सपना बुनिरहेछ’ ।
तर संकटमा अनिकाल, निम्त्याउने भ्रष्टको पाता मुडन नसक्ने,
सेवा भाव बोकेर पनि, कानमा तेल हाल्नेको गाला चुड्न नसक्ने ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ६ : ४३ बजे