१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

आज थपिए ११८ कोरोना संक्रमित



काठमाडौं ।
पछिल्लो २४ घण्टामा ११८ जना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए। अस्ति बुधबार देशभर २५५ र हिजो बिहीबार १०८ जना संक्रमित थपिएका थिए। आज शुक्रबार देशभरबाट १२० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ जना छन्।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  ४ : ३५ बजे