२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेपालमा थप एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।
बिहीबार कोरोनाभाइरसका जना एक सय ६७ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

विगत २४ घण्टामा जना संक्रमित थपिएपछि अब कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ।

कोरोना निको भएर बिहीबार दुई सय १३ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार दुई सय ५९ पुगेको छ।

आइसोलेसनमा छ हजार ५६ जना छन् भने क्वारेन्टिनमा २३ हजार पाँच सय मानिस रहेको उनले जानकारी दिए।

गौतमले नेपालमा दैनिक रूपमा १० हजार पिसिआर परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी दिए। उनले संक्रमितको संख्या कम भए पनि जोखिम भने नघटेको उल्लेख गरे।

अहिलेसम्म कोरोनाबाट नेपालमा ३९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १ श्रावण २०७७ बिहिबार ००:००  ४ : ३० बजे