२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

रुपन्देहीको देवदहमा राहत सामग्री प्रदान



देवदह ।
रुपन्देहीको देवदह नगरपालिकाको शिसपुरमा अवस्थित बिपन्न तथा कुपोषित बच्चा, आमा तथा परिवारलाई खाद्यान्न, जिन्सी, फर्निचर तथा लत्ताकपडा सामग्री सहयोग गरिएको छ ।

लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ तथा रुपन्देही संपर्क समिती दक्षिण कोरियाको संयुक्त आयोजनामा शनिबार एक कार्यक्रमका बीच उक्त परिवारलाई खाद्यान्न, जिन्सी, फर्निचर तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो ।

दैनिक मजदुरी गरेर जिविको पार्जन गर्दै आएका परिवारमा बच्चा जन्मिए पछि पैसाको अभावले बच्चालाई उपचार गर्न कठिन भएको अवस्थामा देवदह नगरपालिका अन्तर्गत ढेकावरमा रहेको केरवानी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट काशीराम रेग्मीको संयोजकत्वमा उक्त परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

कार्यक्रमका देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, वडा नं ३ का वडा अध्यक्ष वैकुण्ठ बहादुर कुँवर, जोन चियर पर्सन लायन्स हरि क्षेत्री, एरिया चिफ लियो गोविन्द बन्जाडे, लायन्स सन्तोष खरेल, लायन्स, सन्तोष श्रेष्ठ, रुपन्देही सम्पर्क समिति दक्षिण कोरिया हरी शर्मा गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  ८ : ५९ बजे