१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

ट्रकको ठक्करबाट महिलाको मृत्यु



दाङ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो।

बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिए।

अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको खड्काले बताए। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७७ आइतबार ००:००  १२ : ३३ बजे