१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतीय रअ आएपछि ओलीको राष्ट्रवाद राष्ट्रघातमा पुग्योः नेता न्यौपाने



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले भारतीय रअको नेपाल आगमनसंगै प्रधानमन्त्री ओलीको राष्ट्रबाट राष्ट्रघातमा पुगेको टिप्पणी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कृष्णनगर नगर कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता न्यौपानेले भारतीय अतिक्रमणमा परेका लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्शा सहितको पाठ्यपुस्तकलाई रोकेर ओलीले गम्भीर राष्ट्रघात गरेको बताउनुभयो ।

भारतीय रअको नेपाल आगमनसंगै उक्त पुस्तक रोकिएको भन्दै ओलीको राष्ट्रवात कहाँ गयो भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै यसका विरुद्ध संघर्ष नगर्ने हो भने गणतन्त्र नै धरापमा पर्ने खतरा रहेको जिकिर गर्नुभयो ।

हिजोसम्म आफुहरुले मान्दै आएका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्नु मेरो गल्ती थियो भनेर नेपाली जनता समक्ष क्षमायाचना गर्न आग्रह गर्नुभयो ।

ओलीले गल्ती स्विकार गरी सच्चिन तयार भए पार्टीले एक पटक सोच्ने भन्दै गलत कदम नचाल्न चेतावनी दिनुभयो । ओली नसच्चिए पतनको दिशामा पुग्न धेरै समय भएको भन्दै आम कार्यकर्तालाई नेकपामा एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  १० : ४१ बजे