७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बुद्धभूमिले ६ महिनामा १६ वटा कार्यविधि बनायो, अब काम गर्दा सहजता आउने विश्वास



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आफुले जनतामा प्रवाह गर्ने काममा थप सहजतामा ल्याउन महत्वपूर्ण कामहरुको कार्यविधि बनाएको छ । नगरले गर्ने कतिपय काममा विभिन्न कठिनाई उत्पन्न हुने र समयमा काम नहुने समस्याका बीच नगररले कानुनी तथा प्रक्रियागत झण्झटबाट मुक्त हुनुका लागि कार्यविधि जारी गरेको हो ।

नगरपालिकाको आठौं हिउँदे सभामा चालु आवको ६ महिनामा निर्माण भएका १६ वटा कार्यविधिहरुको सर्वसम्मत रुपमा पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

नगरबाट गर्नै पर्ने महत्वपूर्ण कामहरुलाई सहज रुपमा सम्पन्न गर्न सकियोस भनेर कार्यविधि जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

No description available.
नगरको नीति केन्द्रित आठौं हिउँदे अधिवेशनको निर्णय पत्रकार समक्ष सुनाउँदै नगर प्रमुख केशव कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, प्रवक्ता पवन कुमार थारु ।

यस्ता छन् नगपालिकाले बनाएका १६ कार्यविधि

संस्थागत दर्ता तथा नियमन सम्बन्धी कार्यविधि- २०७७
टोल विकास संस्था गठन तथा परिचालन सम्बन्धी कार्यविधि- २०७७
नगर प्रहरी छनौट, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि- २०७७
फुसको छानारहित वा सुरक्षित फुसको छानायुक्त संरचना निर्माण सम्बन्धी कार्यविधि -२०७७
घुम्ती मिल तथा पुरानो कपडाहरुबाट सिरक÷डसना बनाउने कार्य व्यवस्थित सम्बन्धी कार्यविधि- २०७७
व्यवसाय करलाई व्यवस्थित बनाउने कार्यविधि- २०७७
प्राइभेट फर्म दर्ता सम्बन्धी कार्यविधि -२०७७
लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता सम्बन्धी कार्यविधि -२०७७
अनुदानमा म्याचिङ प्लाष्टिक वितरण कार्यक्रम सम्बन्धी कार्यविधि -२०७७
साना कृषि मेसिनरी उपकरण अनुदान कार्यक्रम कार्यविधि-२०७७
अतिविपन्न तथा विदेशबाट फर्किएका विपन्न परिवारका सदस्य/व्यवसाय उन्मुख कृषकलाई अनुदान कार्यविधि- २०७७
विपन्न परिवारका लागि मागमा आधारित प्रोत्साहन कार्यक्रम कार्यविधि -२०७७
बुद्धभूमि नगरपालिकाभित्र बसोबास गर्ने एकल तथा एकल आश्रित परिवारको उद्यमशिलता सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि -२०७७
घर बहाल कर व्यवस्थापन कार्यविधि- २०७७
पशु विकास सम्बन्धी कार्य सञ्चालन सम्बन्धी एकीकृत कार्यविधि -२०७७
अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि- २०७७

प्रकाशित मिति : २६ पुस २०७७ आइतबार ००:००  ७ : ३४ बजे