२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

बसको ठक्करबाट लुम्बिनी प्रदेशको कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु



दाङ। दाङको लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी हुनुहुन्छ । उहाँ लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

उहाँलाई उपचारका लागि लमही अस्पताल पु¥याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले बस, बस चालक लाई नियन्त्रणमा लिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८३ शनिबार ००:००  ११ : १२ बजे