१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१ लाख १ हजारसहित ६० वर्ष माथिका स्वास्थ्य स्वयमसेविकालाई विदाई गर्दै वाणगंगा



दीपा महत, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र रहेका ६० वर्ष भन्दा माथिका महिला स्वास्थ्य स्वयमसेविकालाई नगरपालिकाले विदाइ गर्ने भएको छ । उनीहरुले गरेको कामको उच्च मूल्याङ्कन गर्दै नगद १ लाख १ हजारसहित विदाई गर्ने भएको छ । सोमबार बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निणर्य गरेको हो ।

यस्तै नगर कार्यपालिका बैठकले शिक्षक दरबन्दी मिलान कार्यविधि स्विकृत गरेको छ भने जनता माविको नमुना विद्यालयको गुरुयोजना स्विकृत गरेको छ ।

विभिन्न विद्यालयलाई भौतिक पूर्वाधार, शौचालय निर्माण, विज्ञान प्रयोगशाला र पुस्तकालय ब्यस्वथापनका लागि बजेट विनियोजन गरेको नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

४ कोठे भवन निर्माणको लागि सिद्धार्थ मावि बुङ्ची र जनसेवा निमावि उदयपुर मोर्मीको लागि प्रति विद्यालय रु. ३६ लाख बिनियोजन गरेको छ ।

यसैगरी शौचालय निर्माणका लागि ३ वटा विद्यालयलाई प्रति विद्यालय ७ लाखको दरले बजेट विनियोजन गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

सिद्धार्थ निमावि गजेहडा, वर्गदीया प्रावि बालापुर र राम निमावि पडेरियालाई शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

यस्तै विज्ञान प्रयोगशाला स्थापना अनुदान प्रति विद्यालय ६ लाख ५० हजारका दरले वाणगंगा मावि लौगाई, लक्ष्मणघाट मावि लक्ष्मणघाट र श्री मावि झण्डालाई विनियोजन गरिएको छ भने पुस्ताकालय ब्यवस्थापन अनुदान तर्फ ६ लाख ५० मनकामना संस्कृत विद्यापिठ नन्दनगरलाई विनियोजन गरिएको छ ।

यसका साथै आईसिटी प्रयोगशाला ब्यवस्थापन अनुदान तर्फ कामता मावि करेलिया पटनालाई ६ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

साथै नगर भित्रका जनज्योती मावि मोतिपुर र हेमराज मावि हथौसाको लागि संघीय सरकारसंग विशेष कार्यक्रमका लागि बजेट माग गरेको छ ।

यस्तै मायादेवी रंगशालाको डिपिआर स्विकृत गरेको छ भने वडा नम्बर ६, ७, ९ र १० को बालमैत्री लगानी योजना पनि स्विकृत गरेको बताईएको छ । बैठक मेयर मंगल प्रसाद थारुको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डागीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २७ पुस २०७७ सोमबार ००:००  १० : १७ बजे