७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विन्ध्यवासिनी म्युजिकका सुवासकी पत्नी लिना पक्राऊ, कारण यस्तो छ



काठमाडौँ ।
प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । गायक प्रमोद खरेलले गत मंगलबार विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए । कम्पनीमा पति सुवास र पत्नी लीना दुवैजना संग्लग्न हुनुहुन्छ । दुवै जनाविरुद्ध जाहेरी दर्ता भएको छ, पक्राउ पुर्जी जारी भएको छ, एसएसपी सिंहले भने,सुवास अहिले स्याङ्जामा छन् । अब मुद्दाको अदालतले मुद्दाको फैसला गर्छ ।

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि ुप्रणयु एल्बम फिर्ता माग्दा नदिएर फेसबुकमा तथानाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक प्रमोद खरेल बताउँछन् । ुमैले एल्बम बीचबीचमा पनि माग्दै आएको थिएँ । तर कहिले समय नमिल्ने कहिले के नमिल्ने भयो । तर ७ महिनाअगाडि उहाँलाई भेटेरै एल्बमको सम्झौता सकियो, अब हिसाबकिताब गर्नुपर्‍यो भन्दा उहाँले फेसबुकमा मलाई गिराएर स्टाटस लेख्न थाल्नुभयो, खरेलले भने,ुमिलेर अगाडि जाउँ भनेर छलफलको धेरै प्रयास गरें । उहाँले एल्बम दिने कुरा गर्नुभएन । फेसबुकमा लगातार गाली गर्नुभयो । त्यसैले बाध्य भएर कानुनी बाटो रोजें ।

प्रमोदका अनुसार २०७१ सालमै एल्बमको सम्झौता सकिएको हो । यसबीच कम्पनीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति गाएको आरोपसहित १ करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दियो । आफूले लगानी गरेको म्युजिक ट्र्याक प्रयोग गरेर ११ वर्ष खरेलले करोडौं कमाएको भन्ने दाबी गर्दै आएका थिए सञ्चालक रेग्मी । ुमैले गायक प्रमोद खरेलसँग, स्रस्टाको सिर्जना र प्रोड्युसरको ट्रयाक, बिनाअनुमति प्रयोग गर्दै प्रतिलिपि अधिकार ऐनले तोकेको प्रस्तोताको अधिकारको क्षेत्राधिकार बाहिर गई मनग्य आर्थिक लाभ लिँदै, प्रतिलिपि अधिकारका धनी रहेका अन्य पक्षलाई अन्याय गरेको भनेर १ करोडको क्षतिपूर्ति माग दाबी गरेको हूँ,ु रेग्मीले फेसबुक स्टाटसमा लेखेका छन् ।

गायक खरेल भने गीतको सर्वाधिकार आफूसँग रहेको र प्रणयको एल्बमको निर्माता नै आफूलाई दाबी गर्छन् । एल्बमको प्रकाशन तथा बिक्री वितिरणको सम्झौता पाँच वर्षको हो । कम्पनीलाई दिनुपर्ने ४ लाख रकम मैले पाउने रोयल्टीबाट दिएर उहाँको लगानी सुरक्षित गरिसकेँ । मेरो रोयल्टीबाट कम्पनीले आफ्नो खर्च उठाइसक्यो ।यो एल्बमको लगानीकर्ता मै हो, खरेलले कान्तिपुरसँग भने ।

सम्झौता सकिएपछि नयाँ करार नवीकरण गर्नेरनगर्ने भएपछि खरेलले एल्बमको हिसाबसमेत मागे । तर रेग्मीले उनीविरुद्ध उजुरी दर्ता गरेपछि आफू छक्क परेको प्रमोद बताउँछन् । ुएल्बमको सर्वाधिकार मसँग छ । उहाँले प्रमोदले आफ्ना गीत गायो भन्दै मुद्दा हाल्नु भनेको त रिक्सावालाले रिक्सा चलायो, घर बनाउनले घर बनायो भनेर हालेको मुद्दा जस्तै हो । एउटा गायकले आफूले गाएको गीत गाउँदा मुद्दा हाल्ने कम्पनी कस्तो होला । कि त करार गरेको हुनुपर्‍यो,खरेलले भने,ुगायकसँग आफूले गाएको गीतको फर्मिङ राइट हुन्छ । मैले त मेरो एल्बमकै गीत गाउँछु । उहाँले रजिस्ट्रारबाट उजुरी प्रहरीकोमा पठाउनुभयो । मलाई थुनाउन कोसिस गर्नुभयो । मानसिक तनाव दिनुभयो ।ु

गायकले गाएको गीत स्टेजमा गाएको भन्दै कम्पनीले गरेको उजुरी न्यायोचित कुरा नरहेको गायक सत्यराज आचार्य बताउँछन् । करारले नै सत्य के हो गलत के आफै बोल्छ । प्रमोदसँगको करार सकेर पनि गीतको बिक्री वितरण गरेको र करार अवधिभर कुनै हिसाब किताब बुझाएको छैन । तर प्रमोदविरुद्ध नै मुद्दा हालियो उनी भन्छन्,एउटा गायकले गाउनै नपाउने भनेको डाक्टरले उपचार गर्नै नपाउने जस्तो भयो । गायकसँग पर्फमिङ राइट हुन्छ । कि त करार गरेको हुनुपर्‍यो पहिल्यै ।ु

गीत हिट भएपछि स्टेजमा त्यही गीतको माग हुन्छ । आफूले गाएको गीत गायकले स्टेजमा गाएको भन्दै उजुरी गर्नु तर्कसंगत नरहेको उनको भनाइ छ ।प्रमोद र विन्ध्यवासिनीका सुवासबीच विवाद चर्किरहँदा ५७ जना संगीतकर्मी एकजुट भएर प्रतिलिपि अधिकारको उल्लंघन हुन नदिन र यस विषयमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरी परिसरमा अपिल गरेका थिए ।गायक खरेल सामाजिक सञ्जालमार्फत रेग्मीले आफ्नो मानहानी गरेको भन्दै मानहानीको मुद्दा दर्ता गर्ने सोचमा छन् । अब एल्बमको गीत नयाँ भर्सनमा बनाएर स्रोतामाझ पस्किउँ भनेर काम गर्न फिर्ता मागेको थिएँ । उहाँले आफैँ उजुरी गरेर मलाई मानसिक तनाव दिनुभयो । अब म मानहानीमा जान्छु, उनले भने,ममाथि चार महिनादेखि यति प्रहार भयो म मानसिक रुपले विक्षिप्त भएँ । डिप्रेस्ड भएँ ।


कान्तिपुरबाट ।

प्रकाशित मिति : २८ पुस २०७७ मंगलबार ००:००  ९ : २१ बजे