१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बुड्ढीमा थारु संग्राहलय बनायौं, बरकुलपुरमा होमस्टे सञ्चालन गर्दछौंः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले थारु समुदायका भाषा, कला, संस्कृतिको संरक्षणमा अहिलेका युवा पिढी लाग्नुपर्नेमा जोड दिनुभएको छ । थारु समुदायको संस्कार, संस्कृति बचाउनका लागि बुड्ढी गाउँमा थारु संग्राहलयको स्थापना गरिएको बताउँदै नगर प्रमुख श्रेष्ठले बरकुलपुरमा थारु होमस्टेको अवधारण ल्याइएको बताउँनुभयो ।

वडा नं. ४ बुड्ढीमा बुधबार देखि सुरु भएको दोस्रो वडा स्तरीय माघी महोत्सवको उद्घाटन गर्दै उहाँले समुदाय भित्र रहेका विकृति, विसंङ्गतिलाई भने अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

युवा पिढीलाई राम्रो कुरा सिकाउनुपर्ने बताउँदै परापूर्वकाल देखि रहेका गाउँघरलाई आर्कषण र सुन्दर बनाउनुपर्ने बताउनुभयो । थारु समुदायको कला, संस्कृति राष्ट्रकै गहना रहेको भन्दै नगर प्रमुख श्रेष्ठले यिनको संरक्षणका लागि नगरपालिकाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नगरभित्र रहेका पुराना थारु गाउँको विकासमा आफु निरन्तर लागेको बताउँदै अहिले शिक्षा, स्वास्थ्य र यातायातको असुविधा कतै नरहेको बताउनुभयो । गाउँका बाटा कच्चिबाट पक्की बनेको भन्दै अब पुराना गाउँहरुको सुन्दरीकरणमा ध्यान दिन उहाँले थारु समुदायका अगुवाहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २९ पुस २०७७ बुधबार ००:००  ७ : १६ बजे