२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

प्रचण्डले समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारो गर्न खोज्दा पार्टी विभाजनः पोख्रेल



काठमाडौँ ।

संसद विघटनसँगै नेकपा राजनीतिकरुपमा अलग भएको २५ दिन पूरा भएको छ। पार्टी विभाजनको दोष एकअर्कालाई थोपर्दै दुवै पक्षका नेताहरु सार्वजनिक रुपमा तल्लोस्तरको गालीगलौजमा उत्रिने क्रम जारी छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा पुग्न खोज्दा पार्टी विभाजन भएको दाबी गरेका छन्।

उत्कर्षमा पुगेको विवाद समाधानका लागि ओलीका तर्फबाट ‘दूत’ का रुपमा बारम्बार दाहाललाई उनले भेटेका थिए। तर संसद विघटनसँगै पार्टी विभाजन भएपछि मौन रहेका पोखरेलले बिहीबार फेसबुक पेजमा लामो स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘उहाँ सहमतिमा होइन, समीकरणको बाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम ब्यहोर्दै छौ।’ पार्टी एकताका लागि दोस्रो तहका नेताहरुद्धारा सारिएका विकल्पमा दाहाल सकारात्मक नभएको उनको भनाइ छ।

प्रकाशित मिति : १ माघ २०७७ बिहिबार ००:००  ४ : २० बजे