१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकारको ६ महिनामा ४ खर्ब १५ अर्ब खर्च, ४ खर्ब ५५ अर्ब आम्दानी



काठमाडौं ।

सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ४२.४७ प्रतिशत खर्च हो । चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बिनियोजन भएको थियो ।

चालू खर्च ३ खर्ब ३५ करोड ६३ लाख रुपैयाँ भएको छ भने पूँजीगत खर्च ५० अर्ब ८१ करोड ७० लाख रुपैयाँ भएको छ । हालसम्म पुँजीगत खर्च १४.४० प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यता सरकारको आम्दानी भने ४ खर्ब ५५ अर्ब ३७ करोड २० लाख रुपैयाँ भएको छ ।

राजस्वबाट मात्र ४ खर्ब २२ अर्ब २३ करोड ५९ लाख रुपैयाँ संकलन भएको छ । ऋण योगदान तथा अन्यबाट गरेर ४ खर्ब ५ अर्ब सरकारको आम्दानीमा देखिएको छ । सरकारले ६ महिनामा ४१।७३ प्रतिशत राजस्व संकलन गरेको हो । चालू आर्थिक वर्षका लागि कर र गैरकरबाट १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख उठाउने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ४ : ५६ बजे