७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तुका १० वटै पालिकामा कांग्रेसको सरकार विरुद्ध प्रदर्शन



मायादेवी अनलाइन, तौलिहवा ।
केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका १० वटै पालिकामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले कपिलवस्तु नगरपालिकाको तौलिहवा, महाराजगंज नगरपालिकाको गैडाहवा, शिवराज नगरपालिकाको रुद्रपुर, कृष्णनगर नगरपालिकाको गोलघर, बुद्धभूमि नगरपालिकाको इमिलिया, बाणगंगा नगरपालिको चार नम्बर जितपुर, बिजयनगर गाउँपालिकाको पिपरी, यशोधरा गाउँपालिकाको रंगपुर, मायादेवी गाउँपालिकाको चाकरचौडा र शुद्धोधन गाउँपालिकाको लवनीमा बिरोध कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथि खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपत्ती जनाएका थिए ।

बाणगंगा नगरपालिकाको जितपुरमा मंगल प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अतहर कमाल, बाल कुमारी अधिकारी, शक्ति सिंह ठकुरी, रबि काफ्ले, हरिाज घिमिरे, बिरेन्द्र थापा लगायतले मन्तब्य दिएका थिए ।

यस्तै महराजगंज नगरपालिकामा रामअचल तिवारीको अध्यक्षता, गंगेश तिवारीको संचालन र मेयर तथा पार्टीका जिल्ला उप सभापति अब्दुल कलाम खाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

बुद्धभूमिको इमिलियामा माधव दमासेको अध्यक्षता, कृष्ण बन्जाडेको संचालनमा भएको कार्यक्रममा पार्टी सभापति सुरेन्द्रराज आचार्य, केशव कुमार श्रेष्ठ, बिरेन्द्र मिश्रा, मिना केसी लगायतले बोलको थिए ।

शिवराज नगरपालिकामा मधुसुदन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह, पार्टी सचिव प्रेम बहादुर रायमाझी लगायतले मन्तब्य दिएका थिए ।

यस्तै कृष्णनगर नगरपालिकामा चुन्ना उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य शाहले मन्तब्य दिएका थिए ।

कपिलवस्तु नगरपालिकाको तौलिहवामा प्रशान्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सोहरत तेली, प्रकाश घिमिरे लगायतले मन्तब्य दिएका थिए ।

यशोधरा गाउँपालिकामा दिनेश पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व पार्टी जिल्ला सभापति सुधाकर पाण्डेय, गाउँपालिका प्रमुख गिरजेश पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।

मायादेवीको चाकरचौडामा तवारक मुसलमानको अध्यक्षतातामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल, नेता दीप कुमार उपाध्याय, कमलेश कुमार शर्मा राजेश आचार्य, बोलीउद्दीन मुसलमानले मन्तब्य दिएका थिए ।

शुद्धोधन गाउँपालिकाको लवनीमा बिशम्भर चौधरीको अध्यक्षता भएको कार्यक्रममा केन्द्रिय सदस्य कमाल, दिप कुमार उपाध्यया, कमलेश कुमार शर्मा, राजेश आचार्य लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  ७ : १९ बजे