जहदीबाट ३७ क्विन्टल अवैध चिनी बरामद, अनटेस्ट ट्रकमा लोड हुँदै थियो


मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु नगरपालिकाबाट ठुलो परिमाणमा अवैध चिनी बरामद गरिएको छ । नगरपालिकाको वडा नम्बर ११ जहदीस्थित एक गुप्ता पसलबाट भन्सार छली ल्याएर लुकाइछिपाई राखिएको अवस्थामा सो मरिमाणको चिनी बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको टोलीले हिजो साँझ सात बजेको समयमा पसलमा खनतलासी गरेको थियो । गुरुङका अनुसार नम्बर नखुलेको निलो अनटेस्ट ट्रकमा लोड गर्दै गर्दा १४ क्विन्टल र गोदाममा रहेको २३ क्विन्टल गरी ३७ क्विन्टल अवैध चिनी बरामद गरिएको हो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीको कमाण्डमा थप प्रहरी आई ४ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस