वाणगंगा नगर कार्यपालिका बैठकः यी हुन महत्वपूर्ण निर्णय


दीपा महत, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले जितपुर तौलिहवा सडकखण्ड विस्तारको क्रममा क्षती भएका घरजग्गाको उचित मुआब्जा दिलाउने भएको छ ।

विहीबार बसेको वाणगंगा नगर कार्यपालिकाको बैठकले उक्त सडक विस्तारको क्रममा क्षती भएका घरधनीलाई मुआब्जा दिलाउन संघीय सरकारसंग माग गर्ने निणर्य गरेको हो ।

यस्तै कार्यपालिका बैठकले अन्य महत्वपूर्ण निणर्य गरेको छ । जस अनुसार शुक्रबार (भोलि) हुने नगरसभामा प्रस्तुत गरिने प्रगती प्रतिबेदन स्विकृत गरेको छ भने नगरको भवन निर्माण मापदण्डलाई पनि संसोधन गरेको छ ।

केही योजना तथा कार्यक्रमलाई संसोधन गरी नगर सभामा पेस गर्ने, वडा नम्बर ५ को बालमैत्री योजना स्विकृत गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले रेडियो मायादेवीलाई जानकारी दिनुभयो । साथै उहाँले शुक्रबार ८ औ नगरसभा नगरपालिकाको हलमा आयोजना गरिने जानकारी दिनुभएको छ ।

मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र तेस्रो मेयर कपको मितीपनि तय गरेको छ । यही फागुन १३, १४ र १५ गते जनता नमुना मावि पिपरामा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता र फागुन २१, २२ र २३ गते बुद्ध रंगशाला जितपुरमा तेस्रो मेयर कप प्रतियोगिता आयोजना गर्ने निणर्य गरेको छ ।

बैठकमा उपमेयर, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो भने संचालन प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गर्नुभएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस