१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

२४ घण्टामा १०७ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा देशभर एक सय सात जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार पाँच सय ३६ जनाको पीसीआर परीक्षण गर्दा एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार चार सय ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको छ ।
सङ्क्रमितमध्ये तीन हजार १० जनाको ज्यान गएको छ भने सात सय ९५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७ बिहिबार ००:००  ६ : ०७ बजे