७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्वभर ९ करोड २२ लाखभन्दा धेरैले जिते कोरोना



काठमाडौँ ।
विश्वभर ९ करोड २२ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ७१ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ९ करोड २२ लाख ६० हजार २८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ६६ लाख ५० हजार ७३८ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १७ लाख ९९ हजार ३४७ छ । यसमध्ये ८९ हजार ४७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ९१ हजार १०६ पुगेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  ८ : १३ बजे