८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्राथमिकताको आधारमा सबैलाई खोप उपलब्ध गराउछौँः अर्थमन्त्री पौडेल



काठमाण्डौ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोप सबैलाई उपलब्ध गराउने बताउनुभएको छ ।
शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताउनुभएको हो ।
‘हामी खोप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ, सबै लक्षित समुदायमा खोप पुर्‍याउछौँु, उहाँले भन्नुभयो, ुसबैलाई हामी क्रमशः त्यसको प्राथमिकताको आधारमा खोप उपलब्ध गराउछौँ ।ु

यस्तै अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो । सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  २ : १२ बजे