७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

थप ४७ जनामा कोरोना पुष्टि



काठमाडौं ।
नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८२८ पुगेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  ४ : १२ बजे