२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद



सुर्खेत ।
बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ ।
सोमवार जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गएको असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताउनुभयो । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ३ चैत्र २०७७ मंगलबार ००:००  १ : ४८ बजे