८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना त्रासः ७७ जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको परिपत्र



काठमाडौं ।
कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको हो।
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा हामीले परिपत्र गरेका छौं। भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि हामीले भीडभाड हुन नदिनु परिपत्र गरेका छौं,’ बुढाले भने,’सञ्चार तथा विद्युतीय माध्यमबाट चेतनामूलक सन्देशहरू प्रशारण गर्नू भनेका छौं।’ नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको उनले बताए। त्यसैगरी, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०७७ बुधबार ००:००  ४ : १३ बजे