बुद्धभूमिको आचार्य परिवारद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख बढी सहयोग


चेतन विष्ट, चारनम्बर ।

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाको डुमरा बस्ने राजेन्द्र आचार्य र उहाँको परिवारले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

रंगशाला निर्माणको लागी रकम अभाव भएपछि चैत्र १० गते देखि मेचि-महाकाली अभियानमा हिडेको टोली अहिले कपिलवस्तुमा छ । सोही क्रममा आइतबार सो परिवारले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै आचार्यले भन्नुभयो–‘देशको विकासको लागि सरकारको मुख ताकेर मात्र हुदैन जनताले पनि सक्दो सहयोग गर्नुपर्छ भनेर सहयोग गरेको हुँ । ’उहाले थप्नु भयो– ‘हामी पहिला देखि नै रंगशाला निर्माण अभियानमा जोडिएर पुण्यको काम गर्न चाहन्थ्यौ तर जान पनि सकिरहेका थिएनौ उहाँहरु यहाँ नै आउनुभयो त्यसैले सहयोग गर्न हामीलाइ सजिलो भयो ।’ उहाँले यो रकम आफ्नो बुबाको नाममा सहयोग गर्नु भएको हो ।

सहयोग गरेकोमा रंगशाला अभियानका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले धन्यवाद दिदै अरु सहयोगी मनलाई पनि यस अभियानमा सहभागी हुनको लागि अनुरोध गर्नुभयो ।यस्तै इमिलियाका अरु ब्यक्तिले पनि अभियानलाई सहयोग गरेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस