१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगम भन्छ अझै घाटा छ



काठमाण्डौ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुईरदुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ६ : २६ बजे