नेपालमा बढ्दो क्रममा कोरोनाः एकै दिन २ सय ५० बढी संक्रमित, ४ जनाको मृत्यु


काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बृद्धि भएको छ । यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । यही अवधिमा १०२ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ९८।३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जना कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस