७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भलवाडमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता शुरु



बाबुराम रायमाझी, भलवाड ।
नव वर्ष २०७८ सालको अवसर पारी वाणगंगामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । वाणगंगा नगरपालिका वडा न.९ को आयोजना तथा युनाइटेड युथ क्लव पडरियाको सह आयोजनामा भएको जिल्ला स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको संविधान सभा सदस्य बलाराम अधिकारी र वडाध्यक्ष धुर्व वेल्वासेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी अधिकारीले खेलाडी भनेको राष्ट्रका गहना भएकोले राज्यले पनि सम्मान गरेको र आफूले पनि प्रदेशमा माग भइ आएमा सहयोग गर्ने बताएका थिए ।
त्यस्तै वडाध्यक्ष धुर्व वेल्वासेले वडामा रहेका प्रतिभावान खेलाडीलाइ प्रोत्साहन गरिरहेको र वडाले हरेक वर्ष खेल क्षेत्रमा वजेट विनियोजन गर्दै आएको बताएका थिए । आज पहिलो खेल मुहान युवा क्लव झुगा जुनियर र आयोजक जुनियर वीच भएको थियो । जसमा मुहान युवाक्लव झुगा जुनियरले आयोजकलाई १–२ गोल ले हराएको छ ।
भोलिको पहिलो खेल लिंकन युवा क्लव जिनुवा र सूर्योदय युवाक्लव बुङ्गची बीच हनेछ भने दोस्रो खेल बुद्धभूमि १ भेलाइ र आयोजक निलो वीच हुने आयोजकले जनाएको छ ।
खेलमा प्रथम हुनेलाई नगद रु ७० हजार शिल्ड, मेडल प्रमाण पत्र र द्धितियलाइ नगद रु ४० हजार शिल्ड, मेडल प्रमाण पत्र पाउने छन् । खेलमा १२ टीमको सहभागिता रहेको छ । कार्यक्रम जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगीताका संयोजक सुदिप खनालको अध्यक्षता युनाइटेड युथ क्लवका अध्यक्ष चुरामणि अर्यालको स्वागत समाजसेवी निशान खड्काको सहजीकरणमा भएको थियो ।
कार्यक्रममा वडा सचिव सन्तोष कुमार बैठा, भलवाड स्वास्थ्य चौकी प्रमुख जितबिकास रायमाझी, समाजसेवी लाल बहादुर खड्का, जंजीर प्रसाद चौधरी, विन्द्र बहादुर गुरुङ्ग लगएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ७ : १४ बजे