११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७ बुधबार ००:००  ४ : ३५ बजे