१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

उकालो लाग्दै कोरोनाको ग्राफ, थपिए ३३२ संक्रमित



काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ३३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
बुधबार ४ हजार १ सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २९८ जनामा कोरोना देखिएकोमा बिहीबार ४ हजार ६ जनाको परीक्षण गर्दा ३३२ जनामा कोरोना देखिएको हो ।

आज १ हजार ४० जनाको एन्टिजन परीक्षण गरिएकोमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ६ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २४७ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएका छन् । काठमाडौंमा १३९, ललितपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज प्रदेश( १ मा २२, प्रदेश( २ मा २२, बागमतीमा १८५, गण्डकीमा ६२, लुम्बिनी २९, कर्णाली ३ र सुदूरपश्चिममा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थपिएका संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार १०० पुगेको छ । आज ७९ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म निको हुनेको संख्या २७ हजार ३ हजार ६०८ जना निको भएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ रहेको छ । आज कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयको जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७ बिहिबार ००:००  ५ : ४७ बजे