१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाणगंगामा वातावरण स्व्च्छता तथा सरसफाइ तालिम, वालिङबाट आए प्रशिक्षक



चेतन विष्ट, चारनम्बर ।

वातावरण स्व्च्छता तथा सरसफाइ व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखिकरण तालिम कपिलवस्तुको बाणगंगामा सुरु भएको छ । “सफा पानी सफा बानी सहयोग पुर्याउने भु. पु सैनिक खानेपानी” भन्ने मुला नाराका साथ भुपु सैनिक खानेपानि उपभोक्ता समीतीको आयोजनामा शनिबारबाट तालिम सुरु भएको हो । वडा नम्बर ४ स्थित पिस हिमालय रिसोर्टमा सुरु भएको तालिममा भुपु सैनिक खानेपानिका अध्यक्ष राजेन्द्र विक्रम साहले अध्यक्षता लिँदै तालिमको उदेश्य बाणगंगालाई स्वच्छ र सरसफाइमा नमुना बनाउने रहेको बताउनु भयो । सबैले सहयोग गरेमा नगरको फोहर ब्यवस्थापनको जिम्मा आफूहरुले लिने पनि उहाँले बताउनु भयो ।

प्रमुख अतिथि बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले तालिम निकै राम्रो भएको भन्दै यसमा आफूहरुको पनि सहयोग हुने बताउनु भयो । उहाँले थारुले वातावरण बाटनै धेरै रोग लाग्ने र वातावरणको फोहोर व्यवस्थापन गर्न नसक्दा हामिलाइ जटिल समस्या आउने हुनाले वातावरणीय फहोरलाइ सहि ढंगले व्यवस्थीत गर्न आग्रह गर्नुभयो । नगरको डसमसया डम्पिङ साइट नहुनु भएको बताउँदै उहाँले अब त्यसको समाधानमा नगरले ठोस कार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा रहनु भएका वालिङ नगरपालिकाका अधिकृत पदम प्रसाद पाण्डे र कृष्ण भण्डारीले प्रशिक्षण गराइरहनुभएको छ ।

अभिमुखिकरण तालिम भोलि समापन हुने छ । कार्यक्रममा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बालमकुमारी पन्त, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, रेडियो मायादेवीका अध्यक्ष नन्द किशोर शुक्ल, सहकारी विज्ञ तेजप्रसाद आचार्य सिद्धार्थ नगर विकास समितिका अध्यक्ष विष्णु थापा , श्रृङगीघाट सामुदायिक बनका अध्यक्ष रेनु सेन, लगायतको सहभागिता थियो । सचिव कृष्ण शाहीको संचालनमा सम्पन्न तालिममा झलक मल्ल ठकुरीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा यस क्षेत्रका खानेपाानी तथा सरसफाइ अभियान्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७७ शनिबार ००:००  ७ : ३० बजे