५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मोटरसाइकल दुर्घटनामा पत्रकार पौडेलको मृत्यु



कपिलवस्तुमा मोटरसाईकल दुर्घटना हुदा एक पत्रकारको ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत वाणगंगा ८ चप्परगाउँमा आज साझँ ७ बजेको समयमा दुर्घटना भएको स्थानियले बताएका छन् ।

पुर्वबाट पश्चिम जादै गरेको लु ५९ प ६४४१ मोटरसाइकललाई सोहि दिशाबाट गइरहेको ना ४ ख ६२१७ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट अन्दाजी ४० वर्षिय पत्रकार नन्दराम पौडेलको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।ट्रक अहिले इलाका प्रहरी कार्यलय पिपराको नियन्त्रणमा रहेको छ ।


प्रकाशित मिति : ३१ चैत्र २०७७ मंगलबार ००:००  ८ : ५० बजे