२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं
नेकपा माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन्। प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सरकारबाट हटाउन पहल गरिरहेका छन्। यसै क्रममा प्रचण्डले पछिल्लो समय विभिन्‍न कार्यक्रमहरूमा बोल्ने क्रममा संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा छिट्टै सरकार परिवर्तन हुने दाबी गर्दै आएका छन्।

प्रकाशित मिति : ५ बैशाख २०७८ आइतबार ००:००  २ : २५ बजे