६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन शिवराजको अध्यक्षमा पोख्रेल



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन शिवराज नगरको अध्यक्षमा शिशिर पोख्रेल चयन हुनुभएको छ । संगठनको दोस्रो नगर अधिवेशनबाट पोख्रेल अध्यक्षमा चयन हुनुभएको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र चौधरी, उपाध्यक्षमा खगेश्वर भुसाल, उद्योग उपाध्यक्षमा रामचन्द्र बेल्बासे, सचिवमा दिपेन्द्र पौडेल, सह सचिवमा ज्ञानुु लामिछाने, कोषाध्यक्षमा दामोदर पाण्डे, सह कोषाध्यक्ष्यमा शाहीद शाहसहित २१ सदस्य समिति गठन गरिएको छ ।

मंगलवार खरेन्द्रपुरमा भएको उक्त अधिवशेनमा बोल्ने वक्ताहरुले व्यापारीहरुको हक अधिकारको लागि एकजुट हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८ बुधबार ००:००  ८ : ५५ बजे