८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारेना संक्रमणका दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर नस्किन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या डबल भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।
मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे ।
‘कोरोना संक्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,’ डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’
उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए । पछिल्लो २४ घण्टामा २ हजार २२० जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८ बुधबार ००:००  ५ : ३४ बजे