२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

माधवप्रति गोकुलको कटाक्ष : वर्तमान परिप्रेक्ष्यमा तन एमालेतिर, मन प्रचण्डतिर




काठमाडौं ।

नेकपा ९एमाले०का नेता गोकुल बाँस्कोटाले तन एमालेतिर मन प्रचण्डतिरु भन्दै वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन्।

आधा शताब्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको भन्नेले अदालत धाएको उनले माधवको राजनीति कुन्ती मोक्तानको गीत धरान धनकुटाु जस्तो भएको पनि लेखेका छन्‌।

कानुनको बाटो लिनुभन्दा राजनीतिमा माओवादी केन्द्र छाडेर एमालेतिर लागेका गृहमन्त्री रामबहादुर थापा बादलु कै बाटो सही भएको भन्दै बाँस्कोटाले नेपाललाई घुमाउरो भाषामा पार्टी छाडे हुनेसम्म छेडछाड गरेका हुन्‌।

उनले ट्वीटरमा लेखेका छन्, कमरेड नेपाल आधा शताब्दी देखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो। कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति। कानुनको भन्दा राजनीतिमा राम बहादुरकै बाटो सही। कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा

एमालेको भित्रको विवादलाई लिएर नेता बाँस्कोटाले नेताप्रति कडा टिप्पणी गरेका छन्। नेता बाँस्कोटा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र हुन्।

कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो।कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति।कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही।कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा१

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  १२ : २० बजे