कपिलवस्तु ।
बाणगंगा नगरपालिका वडा न. १ स्थित बाल मावि बैरियाको शुक्रबार विद्यालय व्यवस्थापन समिति गठन भएको छ। अभिभावकहरुको भेलाले ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको अध्यक्षमा समाजसेवी घनश्याम घिमिरे सर्वसम्मत चयन भएका छन् । व्यवस्थापन समितिको सदस्यमा हरि अधिकारी, नारायण केसी, मानकुमारी बिसी, सावित्रा घिमिरे, सुरेना सेन, शिक्षक प्रतिनिधि मोहन घिमिरे, कार्यवाहक वडा अध्यक्ष लक्ष्मी बहादुर खत्री र सदस्य सचिबमा प्रद्यानाध्यापक टिकाराम पौडेल चयन हुनुभएको छ । जसमध्ये ४ जना अभिभावकबाट, २ जना समाजसेवी, विद्यालयबाट २ शिक्षक र १ जना जनप्रतिनिधी सदस्य रहने गरि चुनिने प्रावधान नगरपालिकाकाे शिक्षा एेन नियमावलीमा व्यवस्था रहेकाे छ ।
विद्यालयको प्राङ्गणमा भएको अभिभावक भेलाले शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । जसको अध्यक्षमा हेमन्तराज खनाल सदस्यहरूमा क्रमश सुशीला घिमिरे, विष्णु ज्ञवाली, इन्दिरा ढुंगाना, कोपिला थापा, लक्ष्मी थारु, शिक्षक प्रतिनिधीमा अनिरूद्र पाैडेल लगायतका सदस्य रहेका छन्।

भेला बाणगंगा नगरपालिकाकी शिक्षा सहायक अधिकृत ईश्वरा अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डोलकराम घिमिरे, वडा न. १ कि वडा सदस्य टोपकला विसी लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।







प्रतिक्रिया