८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

केन्द्रीय सदस्यमा कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित




काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कांग्रेसका केन्द्रीय सदस्य र कर्मचारीलाई कोरोना देखिएपछि आज बस्ने बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको थियो।

यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसिआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आज बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम थियो। कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ११ : ५२ बजे