१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोरोनाको कारण बाणगंगाको चारनम्बरका ४५ बर्षीय पुरुषको ज्यान गयो



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । वडा नम्बर ४ जितपुरको कपिलवस्तु सामुदायिक अस्पताल नजिकै घर भएका ४५ बर्षीय पुरुषको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको हो । यस खबरलाई स्वास्थ्य कार्यालयले पुष्टि गर्न बाँकी छ ।भारतको गुजरातबाट घर आएका उनलाई सुरुमा ज्वरो आएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना देखिएपछि भैरहवा लगिएको बताइएको छ ।

श्वास फेर्न बढी समस्या भएपछि क्रिमसन अस्पतालबाट उनलाई काठमाण्डौँ रिफर गरेपछि बुटवलबाट हेलिकप्टर चार्टर गरी काठमाण्डौँ लगिएकोमा गयराति ज्यान गएको आफन्तले मायादेवीलाई बताएका छन् । उनी भारतमा राम्रै कम्पनीमा काम गर्थे । उहाँ घर नपसी सिधै अस्पताल गएको आफन्तले बताए ।

कोरोनाको दोश्रो लहरको भेरियन्ट संक्रमणका कारण बाणगंगामा ज्यान जानेको संख्या ४ पुगेको छ । यहाँ हिजोमात्र ५ जना नयाँ संक्रमित थपिएका थिए । यस्तै जिल्लामा अहिलेसम्म ३९ जनाको कोरोनाको कारण ज्यान गैसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ९ : ५९ बजे