१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विजयनगर र बाणगंगामा थप २ जना कोरोना संक्रमितको मृत्यु



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने क्रम रोकिएको छैन । विहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।

कार्यालयका अनुसार बिजयनगर गाउँपालिका वडा नम्बर ४ निवासी ६० बर्षीया महिला र बाणगङ्गा नगरपालिका वडा नम्बर १० निवासी ४६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै विहीबार विहान वाणगंगा ४ का करिब ४५ ५० बर्षीय एक पुरुषको पनि उपचारको क्रममा काठमाडौंमा ज्यान गएको थियो ।

यस संगै जिल्लामा कोभिड १९ को कारणले ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ४ : ३४ बजे