२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित



काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ५ : २८ बजे