१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

रुपन्देहीमा आईसीयू बेड नपाउँदा कोरोना संक्रमित पुरुषको ज्यान गयो



बुटवल ।
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू बेड नपाएर एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ का ८३ वर्षीय पुरुषको आईसीयू बेड नपाएर अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको हो । २४ घण्टासम्म आकस्मिक कक्षमा राखेर उपचार गरिएका उनले अन्तिम समयसम्म पनि आईसीयू बेड पाएनन् ।

१६ वैशाखमा कोरोना पुष्टि भएपछि उनी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले आईसीयू बेड अभाव भएकाले आकस्मिक कक्षमै ती पुरुषको शुक्रबार बिहान ९ बजे २८ मिनेटमा मृत्यु भएको बताए ।

कोरोना संक्रमितको चाप बढेपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार थालिएको उनले बताए ।

यसअघि पनि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन बेड नपाएर देवदह नगरपालिकाकी एक महिलाको फिवर क्लिनिकमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  १२ : ५६ बजे