२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापा र स्वकीय सचिव भण्डारीलाई फेरि संक्रमण



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रेस सल्लाहकार सूर्य थापा स्वकीय सचिव इन्द्र भण्डारी, उप सचिव रुपेश आचार्यमा भने पुनः संक्रमण देखिएको बालुवाटार स्रोतले जनाएको छ। उनीहरु यसअघि नै संक्रमित भइसकेका थिए। उनीहरुले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका छन्। यहि २७ गते बस्ने संसद बैठकलाई लक्षित गरी शुक्रबार स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको थियो।
उनीहरु यसअघि नै संक्रमित भइसकेका थिए। उनीहरु दुवैले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका मध्येमा पर्छन्।

प्रकाशित मिति : २५ बैशाख २०७८ शनिबार ००:००  ४ : ३४ बजे