कोभिड १९ का थाहा भएका र नभएका केही तथ्यहरु, संक्रमितलाई भोलि कस्तो असर ?


बीबीसी ।

सन् २०२० पछि सबै मानिसको ध्यान कोभिड १९ मा केन्द्रित छ । यसले केही हदसम्म कोरोना भाइरसको बारेमा बुझ्न चुनौती खडा गरेको छ । कोभिड–१९ मा विज्ञानको सीमालाई वैज्ञानिक, राजनीतिज्ञ, पत्रकार, सर्वसाधारण सबैले अनुभव गरेका छन् ।

वैज्ञानिक अनुसन्धानहरु ज्ञात र अज्ञातबीचको सीमामा भद्रगोल, भ्रामक र कहिलेकाहिँ विरोधाभासपूर्ण पनि हुन्छ । मानवीय कमजोरी र पूर्वाग्रहले पनि प्रभाव गर्न सक्छ ।

तर वैज्ञानिक परीक्षणहरु यसरी नै अघि बढ्छन् । कोरोना भाइरसले महामारीको रुप लिएको एक वर्ष बढी भइसकेको छ । यो बीचमा यसका विषयमा विज्ञानले पत्ता लगाएका र पत्ता लगाउन नसकेका केही तथ्यहरुको विषयमा जानकारी राखौं ।

हामीलाई के थाहा छ ?

कोठामा स्वच्छ हावा छिर्नु जरुरी छ

घरभित्र हावाको माध्यमबाट भाइरससँगको सम्पर्कबाट टाढा रहनुको महत्व बढेको अध्ययनहरुले पुष्टि गरेका छन् । मास्क लगाउने, हात धुने, फर्निचर र भित्ताहरु सफा गर्नेलगायतका कामहरु जति महत्वपूर्ण छ त्यति नै महत्व कोठाभित्र स्वच्छ हावा बहनुको छ ।

मास्क लगाउँदा जोखिम कम हुन्छ

ठोस तथ्यांकको अभावमा बेलायतजस्ता केही देशहरु सुरुमा मास्क लगाउने सल्लाह दिन हच्किएका थिए । तर सावधानीपूर्ण दृष्टिकोण विजयी भयो । संक्रमण रोक्नका लागि मास्क एक सरल र प्रभावकारी तरिका सावित भएको छ । यद्यपि फेस शिल्डहरु कम प्रभावकारी अवश्य छन् ।

हात धुनुको महत्व घटेको छैन

कोरोना भाइरसविरुद्धको लडाईँमा लकडाउन र भौतिक दूरी अत्यावश्यक छ । तर यसअघि अवस्था केही सामाान्यजस्तो बन्दा संक्रमण नियन्त्रणका लागि निकै महत्वपूर्ण मानिएको हात धुने विषयलाई नजरअन्दाज गरियो ।

निर्जिव सतहको माध्यमबाट संक्रमण हुने सम्भावना अपेक्षाकृत निकै कम मानिएको छ ।
यद्यपि संक्रमितको हातमा भाइरस हुने र अन्य व्यक्तिमा सर्ने सम्भावना रहेको प्रमाणहरु मेटिएका छन् । मानिसहरु थाहै नभई आफ्नो अनुहार छोइरहने बानी हुन्छ ।

भाइरसको असर व्यक्तिअनुसार फरक हुन्छ ।

उमेरको अन्तरका साथसाथै भाइरसले महिलाको तुलनामा धेरै पुरुषलाई असर गरेको जस्तो देखिएको छ । केही जातीय समूहहरुमा यसको असर बढी देखिएको छ । केही मानिसहरुमा एक प्रकारको रहस्यमय लुप्त प्रतिरक्षा भेटियो जुन महामारी सुरु हुनुभन्दा धेरै पहिले विकसित भएको हुनसक्छ ।

भाइरसले शरीरका अंगमा क्षति गर्छ ?

कोरोनाभाइरस श्वासप्रश्वाससम्बन्धी विषाणु भए पनि यसको असर फोक्सोमा मात्र सीमित रहँदैन । यसले रक्तकोषहरु र मुटु, मस्तिष्क, मिर्गौला, कलेजोजस्ता महत्वपूर्ण अंगमा पनि संक्रमण गर्छ भन्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

कम जोखिमयुक्त मानिएका युवाहरुमा पनि यसको असर देखिएको छ । यसको असर कहिलेसम्म रहन्छ वा पूर्ण समाधान हुन्छ कि हुँदैन भन्ने थाहा हुन सकेको छैन ।

भाइरस तीव्र गतिमा फैलन्छ ।

एक्सपोनेन्सियल ग्रोथ वायसका लागि अति संवेदनशील मानिएका मानिसहरुमा कोभिड १९ संक्रमणका विषयमा कम चासो छ । र उनीहरु नै मास्क लगाउने, हात धुने, भौतिक दूरी कायम राख्ने जस्ता मापदण्डहरु पालना गरिरहेका छैनन् ।

खोप सुरक्षित र प्रभावकारी छ ।

महामारी फैलिसकेको अवस्थामा वैज्ञानिकहरुका लागि खोप बनाउने कार्य निकै चुनौतीपूर्ण थियो । छिट्टै खोप बनाउनुपर्ने दबाबकाबीच वैज्ञानिकहरु तीव्ररुपमा खोप बनाउने कार्यमा अघि बढे । कैयौं परीक्षणपश्चात उनीहरु विश्वव्यापी अपेक्षाअनुरुप सुरक्षित र प्रभावकारी खोप बनाउन सफल रहे ।

खोपको एक मात्राले मध्यम सुरक्षा प्रदान गर्छ ।

तर यसमा केही चेतावनीहरु छन् । सुरक्षाको सीमा खोप कुन हो भन्ने कुरामा पनि निर्भर गर्छ । केही अवस्थामा आवश्यक तथ्यांक उपलब्ध नहुँदा पनि कुनै खोपले प्रदान गर्ने सुरक्षाको विषयमा यकिन गर्न सकिन्न । तर पनि जबसम्म धेरै भन्दा धेरै मानिसले खोप पाउँदैनन् तबसम्म मास्क लगाउने, हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड अपनाउन आवश्यक छ ।

सामूहिक प्रतिरक्षा खोपबाट विकसित हुन्छ

सामूहिक प्रतिरक्षा (हर्ड इम्युनिटी) एक प्रकारको रोग प्रतिरोधी क्षमता हो जुन ठूलो जनसंख्यामा विकसित हुन्छ ।

प्रत्येक व्यक्तिको रोग प्रतिरोधी क्षमता बलियो हुँदा मात्र सामूहिक प्रतिरक्षा विकसित हुन्छ । नियतवश भाइरसको संक्रमण फैलन दिएर यस्तो क्षमता प्राप्त गर्न नसकिने धेरै कारणहरु छन् ।

यस्तो प्रयास गरिएको भए धेरै मानिसको मृत्यु भइसकेको हुने वैज्ञानिकको दाबी छ । खोपबाट प्राप्त हुने प्रतिरक्षाले प्राकृतिक संक्रमणबाट उच्च सुरक्षा प्रदान गर्छ ।

हामीलाई के थाहा छैन ?
भाइरसको दीर्घकालीन असर

कोभिड १९ ले कति लामो समयसम्म असर गर्ला रु भाइरसको एपिजेनेटिक प्रभाव कति लामो समयसम्म रहन्छ रु के यसको असर सन्ततिहरुबाट हस्तान्तरण हुँदै जाला रु यस्ता प्रश्नहरुको उत्तर खोज्न वैज्ञानिकहरु सफल भएका छैनन् ।

यो भाइरस कसरी विकसित हुन्छ ?

जटि पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ, त्यति नै पटक यसको जेनेटिक कोडमा थोरै परिवर्तन आउँछ ।

वैज्ञानिकहरु यो प्रकृयामा भाइरसको उत्परिवर्तनको ढाँचा अध्ययन गर्दैछन् । यद्यपि यसमा अहिले नै सफलता हात परिसकेको भने छैन ।

अर्को महामारी कस्तो होला ?

सन् २००३ मा चीन, क्यानडा र ताइवानलगायतका देशहरुमा सार्स भाइरस फैलिएको थियो । कुन रोगले सम्भवतः अर्को विश्वव्यापी महामारी निम्त्याउला रु भन्ने प्रश्नको उत्तर खोज्न सकिएको छैन । चमेरो, लामखुट्टे, उँट, सुँगुर, बाँदरलगायतका केही जनावरका कारण अर्को महामारी सुरु हुने वैज्ञानिकको अनुमान छ ।

महामारीले कस्तो वातावरणीय प्रभाव पार्ला ?

पहिलो विश्वव्यापी लकडाउनको सुरुआती चरणमा प्रदूषण र हरित गृह ग्याँस ९ग्रिन हाउस ग्याँस० उत्सर्जन ठूलो मात्रामा कम भए पनि निषेधाज्ञाहरु हटेपछि विस्तारै प्रदुषण पुरानै स्तरमा पुगिसकेको छ ।

सन् २०२० मा कार्बन उत्सर्जनमा ६ प्रतिशतले कमी आयो । वातावरणमा महामारीको दीर्घकालीन प्रभाव रहने उच्च सम्भावना छ । वातावरणविद्हरुका अनुसार कोभिड १९ संकट व्यवस्थापनका लागि भएका प्रयासले जलवायु परिवर्तनको प्रतिक्रियालाई नयाँ मोडेल दिन सहयोग गर्न सक्छ । बीबीसीबाट

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस