१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एकैरातमा बाँकेमा उपचाररत ९ जना कोरोना संक्रमितको निधन



नेपालगन्ज ।
बाँकेमा रातभरीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ५ जना, बर्दियाका २ जना र दाङका २ जना रहेका छन् । आज मृत्यु भएसँगै बाँके जिल्लाका २१३ जना र बाँकेमा उपचारका लागि आएका मध्य १६३ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जमा मा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षिया महिला, बैजनाथ–६ बाँकेका ६४ वर्षिय पुरुष, डुडुवा–३ बाँकेकी ५० वर्षिया महिला, नरैनापुर–५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगन्ज–१२ बाँकेकी ७५ वर्षिया महिला रहेका छन् ।

त्यसैगरि राजापुर–६ बर्दियाकी ५६ वर्षिया महिला, गुलरिया–८ बर्दियाकी ३२ वर्षिया महिला, तुलसिपुर–६ दाङका ४३ वर्षिय पुरुष र तुलसिपुर–५ दाङकी ३५ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ८ : ४८ बजे