७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकैदिन कोरोना संक्रमणबाट २ सय ३ जनाको मृत्यु



काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ११ बजे